न्यूनतम साझा कार्यक्रम : सबै प्रदेशमा विशिष्टिकृत अस्पताल स्थापना को घोषणा


काठमाडौँ — सत्ता गठबन्धनले सरकार सञ्चालनका लागि बनाएको न्यूनतम साझा कार्यक्रम मा सबै प्रदेशहरूमा विशिष्टिकृत अस्पताल स्थापना घोषणा गरेको छ ।

सरकारले २९ बुदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो  । राष्ट्रपति निर्वाचनसँगै सरकार सञ्चालन का लागि बनेको कांग्रेस– माओवादी केन्द्र नेतृत्वको १० दलीय गठबन्धनले संयुक्त सरकार सञ्चालनका लागि २९ बुदे न्यूनतम साझा कार्यक्रम तय गरी सार्वजनिक गरेका हुन् ।

साझा कार्यक्रम को बुदा नम्बर ३ ले स्वास्थ्य क्षेत्र लाई समेटेको छ । यस अन्तर्गत प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सरकार ले बाचा गरेको छ ।

यस्तै स्वास्थ्यमा जनताको सरल र सहज पहुच स्थापित गर्न स्वास्थ्य केन्द्र र आधारभूत अस्पतालहरूलाई विस्तार गरी स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पुर्‍याउने पनि सरकार ले जनाएको छ । सबै प्रदेशहरूमा विशिष्टिकृत अस्पताल स्थापना ,  स्वास्थ्य बिमाको व्यवस्थालाई प्रभावकारी बनाउने लक्ष्य समेत सरकार ले निर्धारण गरेको छ ।

यस्तै उच्च रक्तचाप, मधुमेह, क्यान्सर, दम, मृगौला, कलेजो र महिलाहरू को पाठेघर सम्बन्धी रोग उपचार का लागी सरकारले दिई रहेको सहयोग को दायरा बिस्तार गर्ने समेत जनाएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!