घरमा कसैलाई कोरोना संक्रमण छ भने, मास्क लगाउनुहोस्


पछिल्लो साता नयाँ भेरिएन्ट ‘एक्सबीबी.१.१६’ पुष्टि भएसँगै कोभिड संक्रमण दिनानुदिन बढ्दै गएको छ । बुधवार एकदिनमै करिब ९८ जनामा संक्रमण पुष्टि संगै मुलुकमा सक्रिय संक्रमित को संख्या ३२२ पुगेको छ । कोरोनाका घटना बढे पनि राम्रो कुरा यो हो कि यसका केसहरू गम्भीर छैनन्।

नियमित मास्क लगाएर ७५ प्रतिशत सम्म कोरोना वा अन्य संक्रमणबाट बच्न सकिने विज्ञ हरु बताउछन । यदि दुवै तर्फ ( संक्रमित र स्वस्थ व्यक्ति ) का मानिसहरूले मास्क लगाएमा रोग फैलिने जोखिम ९५ प्रतिशतले कम हुन्छ। यदि घरमा कसैलाई रुघाखोकी लागेको छ भने त्यो व्यक्तिले नियमित रूपमा मास्क पनि लगाउनुपर्छ। यसले अन्य सदस्यहरूमा संक्रमण हुदैन ।

बालबालिका र वृद्ध वृद्धालाई फाइदा

बालबालिका र वृद्ध वृद्धाको रोग प्रतिरोधात्मक क्षमता बढी कमजोर हुन्छ । यदि कसैलाई संक्रमण भएको छ भने बाल बालिका र बृद्ध बृद्धाहरु लाई उनिहरुबाट टाढा राख्नु पर्छ । परिवर्तन भई रहेको मौसममा सबैले मास्क लगाउने प्रयास गर्दा धेरै प्रकारका संक्रमण र एलर्जीहरू बाट बच्न सकिन्छ।

वर्षमा एक पटक खोप लगाउनुहोस्

कोरोना भ्याक्सिन को तेस्रो डोज अर्थात वुष्टर मात्रा सवैले लगाउनु पर्छ । बुढापाका, दिर्घरोगी, रोग प्रतिरोधक क्षमता कम भएका हरु ले वुष्टर डोज को दोश्रो मात्रा अर्थात चौथो मात्रा कोभिड विरुद्ध को खोप लिनु पर्छ । यस बाहेक प्रत्येक व्यक्तिले वर्षमा एक पटक इन्फ्लुएन्जा भाइरस ( मौसमी रूघा खोकी )को खोप लिनुपर्छ । यसले मौसमी रोग हरू बाट बच्न सकिन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!