नेपालमा समेत ओमिक्रोन को नयाँ एक्सबीबी.१.१६ भेरियन्ट देखीयो

र्‍यान्डम स्याम्पलिङ' अन्तरगत संकलित २४ नमूना मध्ये झण्डै ४२ प्रतिशत मा नयाँ भेरिएन्ट


काठमाडौँ — भारतमा कोरोना भाइरसको संक्रमण बढिरहँदा नेपालमा पनि ओमिक्रोन को नयाँ भेरियन्ट एक्सबीबी.१.१६ भेरियन्ट देखीएको को छ । र्‍यान्डम स्याम्पलिङ’ अन्तरगत लिईएको २४ नमूना मध्ये झण्डै ४२ प्रतिशत मा नयाँ भेरिएन्ट देखीएको हो ।

स्वास्थ्य मन्त्रालय को अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशभरिबाट ‘र्‍यान्डम स्याम्पलिङ’ विधिबाट लिएको २४ वटा पीसीआर तथा एन्टिजेन पोजिटिभ नमुनाहरूको जेनोम सिक्वेन्सिङ गर्दा सबै नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । परीक्षण गरिएका नमुनामध्ये १० वटामा ओमिक्रोन एक्सबीबी.१.१६ सब भरिएन्ट पुष्टि भएको हो ।

त्यस्तै २/२ वटा नमुनामा ओमिक्रोन बीए १.१, बीए २, ओमिक्रोन बीए ५, ओमिक्रोन बीए ५.२ पुष्टि भएको छ । ३ वटा नमुनामा ओमिक्रोन एक्सबीबी १.५ पुष्टि भएको छ । यसरी नै १/१ वटा नमुनामा बीए २.७६, एक्सबीबी २.६, एक्सबीएफ पुष्टि भएको छ ।

केही दिनदेखि छिमेकी मुलुक भारतमा समेत कोभिड को नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी.१.१६ फैलिइरहेको छ । भारतमा सन २०२३ को जनवरीमा पहिलो पटक उक्त भेरियन्ट देखिएको हो । त्यस यता भारतमा संक्रमण फैलिइ रहेको छ।

स्वास्थ्य मन्त्रालयले सबै तह र तप्काबाट प्रभावका भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यका मापदण्ड पालना गर्न/गराउन आग्रह गरेको छ । सीमानाकाबाट आवत जावत गर्ने शंकास्पद लक्षण भएका यात्रुहरूको हेल्थ डेस्कमा अनिवार्य परीक्षण गराउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

सीमानाकामा कसैलाई पोजिटिभ देखिएमा नजिकैको अस्पतालमा उपचार गर्ने व्यवस्था समेत मिलाइएको मन्त्रालय ले जनाएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!