एक साता यता नेपाल मा कोभिड संक्रमण मा बृद्घि / भारतमा फैलिदै ‘एक्सबीबी. १.१६’ भेरिएन्ट


काठमाडौं–मुलुकमा पछिल्लो साता कोभिड संक्रमणमा बृद्घि देखिएको छ । ठिक एक साता अघि मुलुक भरी मा १७ जना सक्रिय संक्रमित रहेको मा यसको संख्या मंगल वार साँझ सम्म ७८ पुगेको छ ।

मंगलबार एन्टिजेन र पिसिआर परीक्षण अन्तर्गत १ हजार ५४ सय २९ नमुना परिक्षण गर्दा २४ जनामा संक्रमण देखिएको हो । एक साता अघि संक्रमण शून्य प्रायः वा फाट्ट फुट्ट रुपमा दिनहुँ एक दुई वटा संक्रमण देखिने गरिएको थियो ।

गत चैत ७ गते एन्टिजेन र पिसिआर परीक्षण अन्तर्गत ९ सय ९ वटा नमुना परीक्षण गर्दा कुनै व्यक्तिमा संक्रमण देखिएको थिएन । यस्तै फागुन ३० गते समेत एन्टिजेन र पिसिआर परीक्षण अन्तर्गत १ हजार १ सय ४६ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको थियो । तर पछिल्लो एक साता देखी एक्कासि संक्रमणमा पहिलेको दाँजोमा अत्याधिक बृद्घि देखिएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा का निर्देशक डा.चुमन लाल दासको अनुसार छिमेकी मुलुक भारत र त्यहाँको सीमावर्ती राज्य उत्तर प्रदेशमा देखिएको संक्रमण बृद्घि को असर नेपालमा समेत परेको हो ।

भारतमा हाल कोभिडको ओमिक्रोन भेरिएन्टको ‘एक्सबीबी.१.१६’ सव भेरिएन्ट देखि राखिएको छ । तर यो भेरिएन्ट हाल सम्म नेपालमा देखिएको छैन ।

हाल देखिएको संक्रमण पश्चिमी नेपालको कैलाली स्थित त्रिनगर, गडडा चौकी, कृष्ण नगर, जुलाघाट, वेलहिया लगायतका नाकाहरू वाट संकलित नमुनामा देखि राखिएको छ ।

सम्भावित संक्रमण वाट जोगिन खोप नलिएकाहरु खोप लगाउने र मास्क, हात को सरसफाइ लगायतका कोभिड वाट जोगिने उपाय अपनाउनुपर्ने डा.दासले बताए । उनले हाल नाकाहरूमा निगरानी जारी रहेको समेत जनाए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!