१५ लाख फुल वाट एक किलो केसर, उत्तेजक, बाजी कारक, यौन शक्ति कायम राख्ने पदार्थ


केसर एक प्रकारको सुगन्धित मसला हो । खाद्यपदार्थ, आयुर्वेद र पूजा अर्चनामा शताब्दी यौ देखी केसरको उपयोग हुँदै आएको छ । आयुर्वेद अनुसार केसर रँगलाई निखार्ने र शिर सम्बन्धी रोग, घाउ, कृमि, वान्ता, तथा बात, पित्त र कफ सम्बन्धी त्रिदोष हटाउने मानिन्छ ।

यो उत्तेजक, बाजी कारक, यौन शक्ति कायम राख्ने कामोत्तेजक पदार्थ हो । यस्तै रक्त शोधक, कफ नाशक, गर्भाशयलाई स्वाभाविक आकारमा ल्याउने, निम्न रक्तचाप निको पार्न समेत उपयोगी मानिन्छ । यो दुग्धबर्धक, वात शूल हटाउने, पाचक पदार्थ हो ।

१५ लाख फुलबाट एक किलोग्राम सुकेको केसर प्राप्त हुन्छ ।
हजारौं वर्ष देखी उपयोग गरिदैं आइएको औषधी य गुणले परिपूर्ण केसर धेरै महँगो मसला हो । तातो पानीमा हाल्दा केसर पहेँलो रँग छोड्छ । यो रँग कैरेटिनाइड को कारणले हुन्छ । यस्तै केसरमा कैरोटिन, लाईकोपिन, जियाजैथिन,क्रोसिन, पिकेक्रोसिन आदि पाइन्छ ।

केसरमा क्रोसिन, क्रोसेटिन , सेफ्रानल जस्ता एन्टिअक्सिडेन्ट राम्रो मात्रामा पाइन्छ । यो एन्टी अक्सिडेन्ट शरीर लाई फ्रि पार्टिकल (मुक्त कण ) ले जे नोक्सान हुन्छ त्यसबाट जोगाउने काम गर्छ । यसले तनाव कम हुन्छ । क्यान्सर, मुटु रोग , मधुमेह जस्तो रोगमा समेत सकारात्मक असर देखिन्छ ।

यसमा ईस्टर किटोन एवं सुगन्धित तेल समेत केही मात्रामा पाइन्छ । यसमा १.३७ प्रतिशत उडनशिल र स्थिर तेल १३.४ प्रतिशत पाइन्छ । अन्य रसायनहरूमा तारपिन, एल्डिहाइड एवं तारपिन अल्कोहल पाइन्छ । यसमा पोटेसियम र फस्फोरस समेत पाइन्छ । यी रासायनिक एवं कार्बनिक यौगिकहरूको उपस्थिति केसरलाई अनमोल औषधि बनाउँछ ।

एन्टि अक्सिडेन्ट र एन्टी इम्फ्लामेट्रि कम्पाउन्ड को उच्च स्तर ले गर्दा केसर एउटा प्राकृतिक इम्युनिटि बुष्टर हो । यसले सेतो रक्त कणिका को उत्पादनमा वृद्धि हुन्छ, जसले रोग र संक्रमण संग लडन सघाउँछ ।

पेट सम्बन्धी समस्या जस्तै अपच, पेटमा दर्द, वायुविकार आदिमा केसर उपयोगी छ । सताब्दीयौं देखी केसरको उपयोग पाचन मा सघाउन समेत हुँदै आएको छ । यसले पाचन अंग हरुमा रक्त सञ्चार राम्रो बनाउँछ । जसले सुन्नाइ कम हुन्छ र पाचक रस को स्राव बढ्छ । यसले गर्दा पाचन राम्रो हुन्छ ।

चोट लाग्दा वा छाला आगोको रापले पोल्दा केसरको लेप लगाउँदा राहत अनुभव हुन्छ । महिलाहरूमा अनियमित मासिक स्राव एवं यो समय हुने दुखाइलाई केसरले निको पार्छ । केसर ले सुन्नाइ लाइ कम गरेर एस्ट्र्रोजेन र पोजेस्टेरोन जस्तो हार्मोन को स्तर लाइ नियन्त्रित गर्न सक्छ । यो गर्भासय सुन्निदा समेत लाभकारी मानिन्छ ।

केसरलाई महिलाहरूमा मानसिक अवसाद एवं उदासीनतामा समेत दिइन्छ , केसरको उपयोगले मुड राम्रो हुन्छ, चिन्ता र तनावमा कमी आउँछ । यो न्युरो ट्र्रान्समिटर हुन्छ जसले मुड नियन्त्रित हुन्छ । यसले मस्तिष्कको सुन्नाइ पनि कम हुन्छ । केसर लाइ मस्तिष्कको लागि तागतिलो औषधि समेत मानिन्छ । यसले मस्तिष्कमा रक्त प्रवाह लाइ बढाउन, स्नायु को कृयाकलाप मा सुधार गर्न अल्जाइमर जस्तो न्युरो डिजेनरेटिभ रोग वाट बचाउन फायदा कारी मानिएको छ ।

केसरले रगत नली लाइ फराकिलो पारेर रक्त सञ्चार बढाएर रक्त चाप नियन्त्रण गर्न सघाउँछ । यसले मुटु रोग, स्ट्रोक र अन्य थुप्रै समस्या मा कमी आउँछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!