शीतल, भोक बढाउने, बल वृद्धि गर्ने पिँडालु


पिँडालु धेरै प्राचीन काल देखी उपयोग गरिने सब्जी हो । पिँडालुको धेरै जाती भएपनि आयुर्वेदमा कालो रँगको पिँडालु भने बढी लाभदायक मानिन्छ ।

आयुर्वेद को अनुसार पिँडालु शीतल, भोक बढाउने, बल बृद्घि गर्ने समेत मानिन्छ । यसको सेवनले पिसाब बढी मात्रामा हुन्छ । यसैले यो मूत्र मार्ग सफा गरेर मुत्रदोष हटाउँछ । यसमा धातु बढाउने शक्ति समेत छ ।

पिँडालु मा फाइबर , कार्बोहाइड्रेट , प्रशस्त मात्रा मा हुन्छ । यो बाहेक यसमा भिटामिन ए , भिटामिन सि , भिटामिन इ , भिटामिन बी ६ , र फोलेट बढी मात्रा मा पाइन्छ । यसमा म्याग्नेसियम , आइरन , कपर , जिंक , फस्फोरस , पोटैसियम , मैगनिज  जस्तो तत्व पनि पाइन्छ, जसले शरीर लाइ थुप्रै समस्या वाट जोगाउन सघाउँछ । पिँडालु को सेवन ले रोग प्रतिरोधक क्षमता बलियो बनाउन सकिन्छ ।

पिँडालु मृगौला रोगीको लागि धेरै फायदा जनक मानिन्छ । यो खानाले मृगौलाको कमजोरी समाप्त हुन्छ । यसले पिसाबको जलन हटाउँछ ।

चिसो प्रकृत्तिको पिँडालु उच्च रक्तचापको रोगीको लागि समेत फायदा कारी मानिन्छ । मुटु रोगीहरू यसलाई नियमित रूपमा आफ्नो आहारमा सामेल गरे रोग नियन्त्रणमा लाभ प्राप्त गर्न सकिन्छ । यसमा भएको फाइबर र स्टार्च ले मुटु रोग को जोखिम वाट जोगाएर स्वस्थ राख्न सघाउन सक्छ ।

पिँडालु पोलीफेनाल्स को राम्रो स्रोत हो । पोलीफेनाल्स मा क्यान्सर को जोखिम लाइ कम गर्ने क्षमता हुन्छ । पोलेफेनाल्स क्यान्सर कोष लाइ वृद्धि हुन वाट रोक्न सक्छ । साथै टयुमरजेनिक कोशीका लाइ समेत कम गर्न सघाउँछ । यो टयुमरजेनिक कोशिकाहरु नै टयुमर लाइ बढाएर क्यान्सरको कारण बन्न सक्छ ।

दूध खुवाउने महिलाहरूको लागि यो खास उपयोगी छ । यसको नियमित सेवन ले भने दूधको मात्रामा वृद्धि हुन्छ । सुक्खा छाला भएमा र चाउरी समाप्त गर्न यो विशेष प्रभावकारी मानिन्छ । तर ग्याँस भएको रोगीलाई भने पिँडालु खानबाट बाच्नु पर्ने मान्यता आयुर्वेदमा छ । गठिया र खोकीमा समेत यो हानिकारक मानिन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!