औषधीय गुन को खानी हो फर्सी


गिज्याउन समेत उपयोग गरिने फर्सी आफूमा थुप्रै औषधीय गुण समेटेको छ । गाउ घर देशी शहर सम्म यो वर्ष भरी संरक्षित राख्न सकिने तरकारी समेत हो । हामीले यसलाई सब्जी को श्रेणी मा राखे पनि वनस्पति विज्ञानको अनुसार यो एउटा फल हो ।

फर्सी यो सुन्तला, हरियो, रातो, पहेँलो, सेतो लगायतको रँगको पाइन्छ । विश्वभरि उपयोग हुने कारण ले नै सेप्टेम्बर २९ तारिखमा पम्पकिन डे समेत मनाइन्छ ।

फर्सीमा ९० प्रतिशत भन्दा बढी पानी हुन्छ । एक सय ग्राम फर्सी ले मात्र २६ किलो क्यालोरी उर्जा प्राप्त हुन्छ । यसैले तौल घटाउन समेत यसको सेवन गरिन्छ ।

यो शरीरको लागि अत्यावश्यक फाईटोन्युट्रिन्टसको प्रमुख प्राकृतिक स्रोत मध्ये एक हो । यसले गर्दा यसको नियमित उपयोगले उमेरको प्रकृयालाई मत्थर गर्ने समेत मानिन्छ ।

आहार विशेषज्ञहरूको अनुसार फर्सी हृदय रोगीको लागि अत्यन्त लाभप्रद छ । यो कोलेस्ट्रेल कम गर्ने चिसो पुर्याउने र मूत्र वर्धक मानिन्छ । यसमा प्रचुर मात्रामा रेसा पाइन्छ । यसैले यो पेटको गडवडीमा समेत फायदा कारी छ । फर्सी रगतमा चिनीको मात्रालाई नियन्त्रित गर्छ । यसले फैक्रियाज/अग्न्यासयलाई समेत सक्रिय गर्छ । यसैले चिकित्सक मधुमेहको रोगीलाई फर्सी  खाने सल्लाह दिन्छन् ।

यसको रस समेत फायदा कारी मानिन्छ । यसमा मुख्यतः विटा कैरोटिन पाइन्छ । यसमा कार्वोहाइृड्रेट, भिटामिन ए एवं सि र पर्याप्त मात्रामा खनिज लवण पाइन्छ ।

एक व्यक्तिलाई एक दिनमा जति भिटामिन ए चाहियो त्यति मात्र एक कप फर्सी ले परिपूर्ति हुन सक्छ ।  यसमा धेरै बढी मात्रा मा फाइबर (रेशा ) हुन्छ । जसलाई खाए पछि लामो समय सम्म भोक लाग्दैन ।

फाइबर र एन्टी अक्सीडेन्ट को राम्रो स्रोत भएकोले फर्सी ले तपाइको छालाको समेत खयाल राख्छ । यसमा पाइने म्याग्नेसियम , आइरन, जिंक , मैगनिज , एन्टि अक्सिडेन्ट छाला को कोषिका लाइ हुने नोक्सान वाट जोगाउँछ । फर्सी मा भएको बिटा केरोटीन जो धेरै प्रभावशाली एन्टी अक्सिडेन्ट मानिन्छ, यसले छाला लाइ जवान बनाइ राख्न सघाउँछ ।

पहेँलो र सुन्तला रँगको फर्सीमा केरोटिनको मात्रा बढी हुन्छ । फर्सीको बीउ फलाम, जिंक, पोटेसियम र म्याग्नेसियमको राम्रो स्रोत हो । यसको बीउको सेवनले समेत निरोग बनाउँछ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!