गुणकारी धनियाँ पात : ५ हजार वर्ष देखी खानपानमा उपयोग हुदै


नेपाली भान्सामा प्रयोग हुने सुगन्धित हरियो पात अर्थात् धनियाँ पाँच हजार वर्ष अघि देखि खानपानमा उपयोग हुँदै आएको छ । सामान्यतया यसको उपयोग सब्जीको सजावट र ताजा मसलाको रूपमा गरिन्छ । यसलाई अङ्ग्रेजीमा कोरीएन्डर चाइनीज पार्सले पनि भनिन्छ ।

१८ औ शताब्दीमा धनियाँ बीउको उपयोग ‘माउथ फ्रेसनर’को रूपमा गरिन्थ्यो । मांसाहारी, शाकाहारी, नमकिन, सुप आदिमा धनियाँको उपयोग गरिन्छ ।  यसले खानाको स्वादलाई बढाएर रुचिकर बनाउँछ ।

धनियाँ पाचन शक्ति बढाउने , कोलेस्ट्रोल स्तर मेन्टेन गर्ने , मधुमेह, मिर्गौला , सँगै थुप्रै रोग मा फायदा कारी मानिन्छ । यसमा प्रोटिन , बोसो , फाइबर , कार्बोहाइड्रेट  , मिनरल हुन्छ जसले यसलाई शक्तिशाली बनाउँछ ।

धनियाँ पात मा एन्टी माइक्रोवियल , एन्टी अक्सीडेन्ट , एन्टि इन्फ्लामेट्रि (सुन्नाइ कम गर्ने ) , एन्टि डिस्लिपिडेमिक ( रगत मा लिपिड कम गर्ने ) एन्टि हाइपरटेन्सिभ ( रक्तचाप कम गर्ने ) न्युरो प्रोटेक्टिभ  ( स्नायुलाई सुरक्षा दिने ) र मूत्र वर्धक गुण हुन्छ ।

सँगै धनियाँ पातले मधुमेह, छारे रोग, चिन्ता , डिप्रेसन , हटाएर शरीर मा विषाक्त पदार्थ लाइ सफा गर्न मा समेत सघाउँछ । हरियो धनियाँ मा इथेनोल अर्क समेत हुन्छ, जसले सुर्यको हानिकारक किरण वाट छाला लाइ सुरक्षा प्रदान गर्छ । धनियाँ पात मा भएको इथेनोल अर्क मा थुप्रै फ्लेवोनोइड यौगिक हुन्छन् । यो यौगिक इम्युनोमोडयुलेटर जस्तो काम गर्छ । जसले शरीरको प्रतिरोधी प्रणालीमा सुधार हुन्छ ।

एउटा अनुसन्धान अनुसार धनियाँ पात मा क्वेरसेटिन कम्पाउन्ड सँग सँगै अन्य फ्लेवोनोइड हुन्छ । यो कम घनत्व भएको लिपोप्रोटिन हानिकारक एलडीएल) को स्तर कम गर्नु को साथै मुटू को स्वास्थ्य लाइ रामे पार्न मा फायदा जनक हुन सक्छ ।

सामान्यतया धनियाँमा भिटामिन ‘ए’ बढी मात्रामा पाइन्छ । यसमा धेरै प्रकारको रोग हटाउने क्षमता हुन्छ । हरियो धनियाँ थकाइ हटाउँछ, स्फूर्ति ल्याउन समेत सहयोगी हुन्छ ।

धनियाँमा भिटामिन ए प्रशस्त मात्रामा पाइने भएकोले यो आँखाको लागि समेत अति उपयोगी मानिन्छ । यसैले यसको चटनी बनाएर वा तरकारीमा हालेर खानाले धेरै फायदा हुन्छ ।

आयुर्वेद अनुसार धनियाँ वात नाशक हुनुको साथै पाचन शक्ति समेत बढाउँछ । हरियो धनियाँको उपयोगले शरीर लाई आराम प्रदान गर्नु को साथै यसको उपयोगले निन्द्रा समेत राम्ररी आउँछ ।

आयुर्वेदको अनुसार धनियाँ पातलाई पिँधेर टाउकोमा लगाइनाले दुखाई निको हुन्छ । शरीरको कुनै अंग सुन्निएमा यसको लेपले फायदा पुर्याउँछ । यस्तै धनियाँ अम्ल रोधि औषधि समेत हो । यसले शरीरमा अम्लको स्थिति लाई सन्तुलनमा राख्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!