च्याउ : अनादि कालदेखि औषधि र खानाको रूपमा उपयोगी


‘च्याउ’ स्वादिष्ट, स्वास्थ्यको लागि फायदा कारी र शाकाहारी खाद्य पदार्थ हो । आयुर्वेद अनुसार यो वनस्पतिको अनादी कालदेखि मनुष्य औषधि र खानाको रूपमा उपयोग गर्दै आएका छन् । च्याउको समग्र भोजनको रूपमा विशिष्ट पहिचान छ ।

च्याउ एक प्रकार को फंगस हो, जो खानामा समेत उपयोग गरिन्छ । यो फैट फ्रि, लो सोडियम , लो कैलोरी र कोलेस्ट्रोल फ्रि  र प्रचुर मात्रामा मिनरल फाइबर, भिटामिन, र मिनरल युक्त हो । यो उपयोगी, गुणकारी एवं पोषक भोज्य पदार्थ हो । यसमा उच्च कोटीको प्रोटिन,प्रचुर मात्रामा खनिज एवं लवण विद्यमान हुन्छ ।

प्रायः सब्जीबाट प्राप्त प्रोटिन जनावरबाट प्राप्त प्रोटिनको दाँजोमा निम्न श्रेणीको मानिने गरिएको छ । तर च्याउबाट प्राप्त प्रोटिन भने जनावरबाट प्राप्त प्रोटिन जस्तै राम्रो गुणस्तरको हुन्छ । यसमा प्रोटिन को सँग सँगै सेलेनियम जस्तो एन्टि अक्सिडेन्ट समेत राम्रो मात्रामा पाइन्छ । जो कोषको नोक्सान लाइ रोक्न सघाउँछ ।

यसमा प्रोटिन बाहेक भिटामिन ‘सि’ एवं ‘वि’ कम्पलेक्स,  विशेषतया ‘थाईमिन’ एवं ‘राइवोफ्लेविन’ समेत पाइन्छ । सब्जीमा नपाइने तथा बहुमूल्य ‘फोलिक–एसिड’ एवं भिटामिन ‘वि’– १२ समेत प्रशस्त मात्रामा च्याउमा पाइन्छ ।

यसमा बोसोको मात्रा कम पाइन्छ तथा ‘एर्गोस्टाराल’ हुन्छ जुन मानव शरीरमा पुगेर भिटामिन ‘डि’मा परिवर्तित हुन्छ । थुप्रै प्रकारको लवण जस्तै ‘क्याल्सियम’, ‘फस्फोरस’, ‘पोटेसियम’, ‘सोडियम’ र ‘तावा’ले युक्त च्याउ पाचन शक्तिमा वृद्धि गर्नु को साथै ‘हाईपर एसिडिटी’(उच्च ग्याँसको समस्या ) तथा कब्जियत हटाउँछ । यो भिटामिन डी को राम्रो स्रोत हो ।

यसको उपयोग उच्च रक्तचाप एवं ‘हाइपर–टेन्सन’को रोगी लाइ गर्न भनिन्छ । किनभने यसमा ‘सोडियम’ तथा ‘पोटेसियम’को मात्रा बढी हुन्छ तथा मोटो पना घटाउँछ ।

च्याउको सेवन मुटु रोगीको लागि उत्तम आहार हो । किनभने यो ‘कोलेस्ट्रोल’  रहित एवं ‘एर्गोस्टराल’ युक्त हुन्छ । यसमा भएको उच्च पोषक तत्व विभिन्न प्रकारको इन्जाइम ले कोलेस्ट्रोल कम गर्न सघाउँछ । यसको सेवनले मुटु को स्वास्थ्य मा सुधार ल्याउँछ ।

यो कम मात्रामा ‘क्यालोरी’ एवं ‘प्रोटिन’ले सम्वृद्घ हुने कारण च्याउ मधुमेह रोगीको लागि आदर्श भोज्य पदार्थ हो । यसमा अलिकति पनि चिनी हुँदैन । यसको सेवन सरिरमा इन्सुलिन को स्तर सन्तुलित गर्न सघाउँछ ।

च्याउ सेवन गर्नाले शरीरको प्रतिरोधी प्रणाली बलियो हुन्छ । यसलाई प्राकृतिक एन्टिवायोटिक समेत मानिन्छ । यसको सेवनले माइक्रोवियल र अन्य फंगल संक्रमण पनि निको हुन्छ । यसमा पाइने गुण शरीरको कोशिकाहरु लाइ मर्मत गर्छ ।

यति मात्र नभइ छाला को लागि समेत च्याउ धेरै फायदा कारी छ । यसमा एन्टि एजिङ्ग गुण हुन्छ । यसको सेवनले छाला लामो समय सम्म युवा रहन्छ, छालामा समय अगावै च्याउरी आउँदैन ।

च्याउमा क्यान्सररोधी तत्व समेत पाइने भएकोले यो क्यान्सर रोगीको लागि समेत उत्तम आहार हो । तर च्याउ भने पुर्ण पहिचान गरेर मात्र उपयोग गर्नु पर्छ । जंगली च्याउको सेवनबाट वर्षेनी मुलुकमा हुने गरेको मृत्युलाई मनन गर्दै जंगली र संकास्पद च्याउ उपयोग गर्नु हुन्न ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!