‘एघारौं ग्रामीण स्वास्थ्य कर्मी सम्मेलन शुरु’


काठमाडौं– राजधानीमा ‘एघारौं ग्रामीण स्वास्थ्य कर्मी सम्मेलन’, शुरु भएको छ । तिन दिने उक्त सम्मेलनमा ५१ वटा जिल्लाका ९१ जना ग्रामीण क्षेत्रमा कार्यरत प्यारामेडिक्स, नर्स, डाक्टर लगायतका स्वास्थ्य कर्मीको सहभागिता छ । सम्मेलनमा सात वटै प्रदेशका स्वास्थ्य सचिव, स्वास्थ्य निर्देशक तथा स्वास्थ्य सेवा विभाग अन्तर्गतका विभिन्न विभागका निर्देशकहरू पनि  सरिक छन् ।

स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा निक साइमन्स इन्स्टिच्युटको संयुक्त आयोजनामा शुरु भएको ग्रामीण स्वास्थ्य कर्मी सम्मेलनमा मानेडाँडा आधारभूत अस्पतालका जनस्वास्थ्य निरीक्षक हेमन्त सुन्दासलाई यो वर्षको ‘निक साईमन्स अवार्ड २०२२’ प्रदान गरिएको छ ।

ग्रामीण क्षेत्रमा कार्यरत स्वास्थ्य कर्मीहरू लाई सम्मान र उनीहरूले भोगी रहेका समस्यालाई समाधान गर्ने उद्देश्यले यो सम्मेलन विगत १४ वर्ष देखी निक साइमन्स इन्स्टिच्युटले आयोजना गर्दै आएको हो ।

निक साइमन्स इन्स्टिच्युट का कार्यकारी निर्देशक डा.अर्चना अमात्यका अनुसार सम्मेलनको उद्देश्य  ग्रामीण क्षेत्रमा काम गर्ने स्वास्थ्य कर्मीहरूलाई हौसला प्रदान गर्ने रहेको छ । यस्तै ग्रामीण क्षेत्रका स्वास्थ्य कर्मीहरूलाई निरन्तर चिकित्सा शिक्षा .(सिएमइ) दिनुको साथै सरकारी पद्धति को विषयमा विचार विमर्शको लागि फोरम प्रदान गर्न समेत वर्षेनी सम्मेलन आयोजना गरिन्छ ।

निक साइमन्स इन्स्टिच्युट का बोर्ड अध्यक्ष पूर्व मन्त्री विद्याधर मल्लिकले इन्स्टिच्युट मधेश देखी पहाड सम्म ग्रामीण स्वास्थ्य उत्थानको को क्षेत्रमा निरन्तर कार्यरत रहेको बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!