३५.९२प्रतिशतले घट्यो स्वास्थ्य मन्त्रालय को बजेट


काठमाडौं – राष्ट्रिय योजना आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय को बजेट चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि ३५.९२ प्रतिशतले घटाएर पठाइएको छ ।

स्वास्थ्य क्षेत्र मा सकारात्मक परिवर्तन को लागी कुल बजेट मध्ये बाट दश प्रतिशत बजेट स्वास्थ्य सेवालाई विनियोजन गर्नु पर्ने वकालत बर्षौ देखी विज्ञ हरुले गर्दै आएको छ। आयोगले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि स्वास्थ्य सहीत १२ मन्त्रालयको बजेट सीमा घटाइ दिएको हो ।

उच्च श्रोत अनुसार स्वास्थ्य मन्त्रालयका लागि चालु आर्थिक वर्ष मा ६९ अर्ब ३८ करोड २ लाख रुपैयाँ विनियोजन भएको मा आगामी आर्थिक वर्षलाई ४४ अर्ब ४५ करोड ७१ लाख रुपैयाँ बजेट सीमा तय गरिएको छ ।

आयोग ले कृषि, गृह, परराष्ट्र, वन, रक्षा, महिला बालबालिका, सहरी, श्रम र सञ्चार गरी ९ मन्त्रालय को वजेट सिमा मा वृद्धि समेत गरेको छ ।

आयोगले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ६३ अर्ब ४० करोड रुपैयाँको बजेट सीमा तय गरेको छ । यो रकम चालु आर्थिक वर्षको बजेटको दाजो मा १ खर्ब ३० अर्ब ४३ करोड ७३ लाख रुपैयाँले कम हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!