कोरोना र हैजा को दोहरो मारमा राजधानी

साउन महिना यता कोरोना बढेको बढ्दै हुनुको साथै ८ जनाको ज्यान लिइ सकेको छ भने पछिल्लो ४१ दिन देखी जारी हैजा संक्रमण अझै रोकिएको छैन


काठमाडौं–नेपालको राजधानी हाल कोरोना र हैजाको दोहरो संक्रमणको मार झेली रहेको छ । साउन महिना यता कोरोना बढेको बढ्यै हुनुको साथै ८ जनाको ज्यान लिइ सकेको छ ।

पछिल्लो ४१ दिन देखी जारी हैजा संक्रमण अझै रोकिएको छैन भने प्रयोगशाला प्रमाणित ३६ जनामा संक्रमण देखि सकिएको हो ।स्वास्थ्य मन्त्रालयको अनुसार हाल हैजाले थला परेर ३ जना अस्पतालमा उपचाररत छन भने पछिल्लो फटक १० असार(मंगलवार) २ जनामा हैजा संक्रमण देखिएको हो ।

कोरोनाको सक्रिय संक्रमितहरुको संख्या ३ हजार ९ सय २९ पुगेको छ भने बुधवार ४ हजार ४ सय ५४ नमुनाको पिसिआर र एन्टिजेन परिक्षण गर्दा ५ सय ६५ जना अर्थात १२.६६ प्रतिसतमा संक्रमण देखिएको हो ।

कोभिडले साउन १ गते शुरु भएको मृत्युको क्रम अझै जारी छ । बुधवार थप १ जनाले कोरोनाले ज्यान गुमाएका छन भने बिरामी भएर जटिल समस्या देखिएका व्यक्तिहरूको संख्या समेत बढदो छ ।

हाल देशभरीमा ३४ जना कोरोना संक्रमित सघन उपचार गराइ रहेका छन । यस मध्ये २६ जना राजधानी मै सघन उपचार गराइरहेका हुन ।
हाल वाग्मती प्रदेशमा २५ जना आइसीयु र १ जना भेन्टिलेटरमा छन भने प्रदेश १ मा ६ जना आइसीयु र सुदूर पश्चिम प्रदेशमा १ जना आइसीयुमा उपचार गराइ रहेका छन ।

हाल मुलुकमा सवै भन्दा बढी कोरोनाको मार राजधानी मै देखिएको छ । पछिल्लो साता संक्रमित हुनेहरुको संख्या एकदमै बढेको स्वास्थ्य
मन्त्रालयको तथ्याङ्कले देखाएको छ । देशभरीमा भएका कुल कोरोना संक्रमितको ५४.८९ प्रतिशत काठमाडौं जिल्लामा र ६७.०१ प्रतिशत काठमाडौ उपत्यकामा छन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!