कोरोनाले मंगलवार थप २को मृत्यू /साउन यता ७जनाले ज्यान गुमाए

कोभिडले संक्रमण र मृत्यु वढदै


काठमाडौँ — मुलुक मा मंगलवार थप २ जनाको कोरोना ले मृत्यु भएपछि साउन यता संक्रमण ले ज्यान गुमाउने हरु को संख्या ७ पुगेको छ ।स्वास्थ्य मन्त्रालय का सह प्रवक्ता डा. समिर कुमार अधिकारी का अनुसार कोभीड संक्रमण बढीरहेको छ र अझै वढन सकने देखिएको छ ।

मंगलबार नेपालमा थप ६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालय को अनुसार ५ हजार ५५ नमुना परीक्षण गर्दा १२.६२ प्रतिशत अर्थात ६ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

२ हजार २ सय१५ नमुना पीसीआरमा परीक्षण गर्दा ४ सय र २ हजार ८ सय ४० नमुना एन्टीजेन मा परीक्षण गर्दा  २ सय ३८ जना संक्रमित फेला परेका हुन । 

मंगलबार २ सय १८ जना संक्रमण मुक्त समेत भएका छन् । हालसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय १४ पुगेको छ ।मंगलवार   २ लाख ५७ हजार ८ सय ७८ जनाले खोप लगाएका छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!