विश्व मृगौला दिवस २०७९ मनाइयो


ललितपुर– विश्व मृगौला दिवस को अवसरमा, ‘अप्रत्याशित रुपमा आइपर्ने संकट बाट जोखिममा भएका समुदायलाई बचाऔ’, नारा सहित मैत्री पूर्ण फुटबल, मृगौला पदयात्रा, अंग दान शिविर लगायतका विभिन्न कार्यक्रम सातदोबाटो मा आयोजना गरेर मनाइएको छ ।

मिर्गौला दिवसमा आयोजित ‘किडनी वाक’ को अगुवाइ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले गरे ।बरिष्ठ कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, विभिन्न अस्पताल का चिकित्सक लगायतको समेत प्रत्यारोपण खेलकुद कार्यक्रममा उपस्थिति थियो ।

अंग प्रत्यारोपितहरु अन्य स्वस्थ व्यक्ति जस्तै जीवन यापन गर्न सक्नुको साथै उनीहरु पनि हरेक क्षेत्रमा सक्षम र सबल रुपमा कार्य गर्न सक्छन् भन्ने जन चेतना जगाउने एवं अंगदान र अंग प्रत्यारोपण कार्य लाई अझ प्रभावकारी बनाउने उद्देश्यले अंग दाता र ग्रहणकर्ता, चिकित्सक, नर्स, कलाकार , पत्रकार, समाजसेवी बीच मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरिएको डा.पुकार चन्द्र श्रेष्ठले बताए ।

अंगदान शिविरबाट पाँच जनाले आफ्नो मृत्यु पछिको अंगदानका लागि नाम लेखाएको केन्द्रकी कन्सलटेन्ट नेफ्रोलोजिस्ट तथा तेह्रौं नेपाल प्रत्यारोपण खेलकुदकी संयोजक डा. कल्पना श्रेष्ठले बताइन ।

कार्यक्रम मा अंग प्रत्यारोपित हरू तथा चिकित्सक, समाजसेवी, कलाकार सहितको टोलीबीच भएको फूटबल प्रतियोगितामा मृगौला प्रत्यारोपित टोलीले ४–१ गोल अन्तरले पराजित गरेका थिए ।

राष्ट्रिय प्रत्यारोपण केन्द्र, स्वास्थ्य अभियान नेपाल र अंग प्रत्यारोपण समाज नेपालले संयुक्त रुपमा कार्यक्रम गरी विश्व मृगौला दिवस मनाइएको हो ।

स्थापनाको एक दशकमा १ हजार २६ जनाको मिर्गौला प्रत्यारोपण, ९ जना को सफल कलेजो प्रत्यारोपण तथा मस्तिस्क मृत्यु भएको व्यक्ति बाट समेत अंग प्रत्यारोपण गरिसकेको प्रत्यारोपण केन्द्रले हरेक वर्ष विभिन्न सन्देशका साथ विश्व मृगौला दिवस मनाउँदै आएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!