सबै प्रदेशमा पाठेघर र स्तन क्यान्सरको नि:शुल्क उपचार सेवा विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले पाठेघर को क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा नि:शुल्क सेवा विस्तार गरिने घोषणा गरेका छन् ।

११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।

‘सातवटै प्रदेशमा नि:सन्तान उपचार सेवा, वडा स्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा नि:शुल्क सेवा विस्तार गरिनेछ। साथै पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिका लक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी विस्तार गरिनेछ,’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री दाहालले प्रजनन् उमेर समूहका महिलाहरु मा देखिएको समस्या सम्बोधन गर्न महिला लक्षित पोषण कार्यक्रम सञ्चालन गरिने समेत बताए । ‘करिब ३४ प्रतिशत महिलाहरुमा प्रजनन् उमेर समूहका महिलाहरूमा देखिएको रक्तअल्पताको अन्त्य गर्न महिलालक्षित पोषण कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भने ।

प्रधानमन्त्री दाहालले पछिल्लो संविधान जारी भएपछि राजनीतिकरुपमा समेत महिलाको अधिकार र प्रतिनिधित्व सुनिश्चित हुँदै गएको बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!