मुलुकमा पहिलो पटक महिला स्वास्थ्य सम्मेलन


काठमाडौं –नेपाल सरकारको आयोजनामा विहीबार देखी मुलुकमा पहिलो पटक महिला स्वास्थ्यको बहु आयामिक विषय वस्तुमा केन्द्रित दुई दिने महिला स्वास्थ्य सम्मेलन हुन गइ रहेको छ ।

८५ कार्य पत्र पेश हुने यो सम्मेलनमा महिला स्वास्थ्य मा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा काम गरिरहेका ३ सय भन्दा बढी प्रतिनिधि को सहभागिता रहने छ ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले आयोजना गर्ने उक्त सम्मेलनमा यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार, नसर्ने रोग, बालबालिका किशोर किशोरी र ज्येष्ठ नागरिकको स्वास्थ्य, महिला स्वास्थ्य  पोषण लगायतका विषयमा छलफल एवं प्रस्तुती हुनेछ ।

परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेक कुमार लालाका अनुसार सम्मेलनमा ७ वटै प्रदेशबाट सहभागिता रहनेछ । स्वास्थ्य सेवामा पहिलेको पहुँच र हालको पहुँचमा फरक आइ सकेको जनाउदै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्र रमण सिंहले पहिले देखिने रोग र हाल देखिने गरिएको रोगमा समेत फरक देखिएकोले महिला स्वास्थ्यको यो पाटो वाट समेत छलफल हुने बताए ।

विभाग की कविता अर्यालले सम्मेलनमा प्रस्तुत हुने कार्य पत्रहरू मध्ये झण्डै दुई तिहाइ महिलाको यौन तथा प्रजनन स्वास्थ्यमा केन्द्रित रहने बताइन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!