आयुर्वेदलाई प्रवर्द्घन गर्ने प्रतिवद्घता सहित तिन दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न


काठमाडौं– आयुर्वेदलाई प्रवर्द्घन गर्ने प्रतिवद्घता सहित तिन दिने अन्तराष्ट्रिय आयुर्वेद महासभा सम्पन्न भएको छ । सबैको लागि समग्र स्वास्थ्यको नारा सहित १४ मुलुकका ३ सय ५० भन्दा बढी प्रतिनिधि सम्मिलित सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महाधिवेशन सम्पन्न भएको हो ।

सम्मेलनमा आयुर्वेदका विद्वान, अनुसन्धानकर्ता, चिकित्सक, शिक्षाविद्, नीति निर्माताहरू सहित र आफ्नो ज्ञानलाई गहिरो बनाउन र आफ्ना अनुभवहरू साझा गर्न आएका थिए ।

चिकित्सा, हर्बल, फार्मा, इन्जिनियरिङ, विज्ञान र आयुर्वेदको प्रयोग सम्बन्धी तीन दिने गोष्ठी तथा विभिन्न प्रस्तुति हरू गरिएको थियो । आयुर्वेद क्षेत्रका अगुवा र विज्ञहरूद्वारा आदर्श स्वास्थ्य, दीर्घकालीन विकारहरूको रोकथाम र वृद्धावस्था लाई उल्ट्याउनको लागि प्राकृतिक दृष्टिकोण सम्बन्धी विषयहरूमा छलफल र बहस समेत भएको हो ।

सम्मेलनको उद्‌घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दहालले भन्नुभयो, ‘नेपाल सरकार स्वदेशी औषधी वनस्पतिको अनुसन्धानका लागि आयुर्वेदलाई सहयोग गर्न र नेपालको आयुर्वेद औषधि को फर्माकोपिया र फम्युलरी विकास गर्न इच्छुक छ । सरकारले प्रत्येक प्रदेशमा सङ्कलन, प्रशोधन र उत्पादन इकाईका लागि नीति बनाउने काम गर्नेछ। सरकारले गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएमपी) मापदण्ड अनुसार आयुर्वेद औषधिको गुणस्तर प्रवर्द्धन गर्न नेपाली आयुर्वेद कम्पनीहरूलाई सहयोग गर्नेछ ।’

प्रधानमन्त्री दहालले नेपालमा चिकित्सा पर्यटन प्रवर्द्धनका लागि सरकारले आयुर्वेद अस्पताल, पञ्चकर्म र वेलनेस सेन्टरको प्रवर्द्घन गर्ने पनि आश्वासन समेत सम्मेलनमा दिए । भारत र नेपालबीचको सहकार्य बारे प्रष्ट पार्दै प्रधानमन्त्री दहालले भने, ‘भारत सरकार र भारतको आयुष मन्त्रालयले भारतमा आयुर्वेद र जडीबुटी उद्योगको अनुसन्धान र विकासलाई उच्च प्राथमिकता दिएको छ । नेपालमा आयुर्वेदलाई प्रमाणमा आधारित औषधिको रूपमा प्रवर्द्धन गर्न नेपाल सरकारले भारत सरकारसँग मिलेर काम गर्नेछ ।’

नेपाल हिमालय र प्रशस्त प्राचीन वैदिक परम्परा हरू को घर हो । शताब्दीयौँ पछाडि फर्किदा नेपालमा आयुर्वेदको समृद्ध इतिहास छ र आजसम्म यसलाई उनीहरूको संस्कृति र दिनचर्याको मुख्य भागको रूपमा मान्यता दिइन्छ । दुर्लभ आयुर्वेदिक औषधि र जडीबुटीहरू पनि प्राकृतिक रूपमा हिमालयका उपत्यकाहरूमा बढ्दै गएका छन।

महासभाका संरक्षक डा. टोनी नाडेरले अन्तर्राष्ट्रिय द्वन्द्व र तनाव समाधान प्राचीन वैदिक प्रविधिहरू मार्फत गरिने बारे लाइभ भिडियो कन्फरेन्स मार्फत स्पष्ट गरेका थिए । सम्मेलन अन्तर्राष्ट्रिय महर्षि आयुर्वेद फाउन्डेसन, नेदरल्यान्ड, अखिल भारतीय आयुर्वेदिक कांग्रेस, नयाँ दिल्ली, इनटरनेशनल आयुर्वेदिक एकेडेमी, पुणे, आयुर्वेद चिकित्सक संघ नेपाल (एडीएएन) लगायत संस्थाहरूको संयुक्त प्रयासमा भएको हो ।

प्रत्येक देशमा चिकित्सा व्यवसायी र जनताका लागि आयुर्वेदमा उच्च गुणस्तरको शिक्षा र तालिम केन्द्र स्थापना गर्ने लगायतका आयुर्वेद मार्फत सबैका लागि समग्र स्वास्थ्यको लागि रोडम्याप तयार गर्ने लक्ष्य बारे समेत ७बुन्दे घोषणा गरिएको छ । यस अन्तर्गत नेपालमा आयुर्वेद शिक्षामा नया पाठ्यक्रमहरूका लागि आयुर्वेद एकेडमीको स्थापना र योगमाया विश्वविद्यालयलाई सञ्चालन गरी आयुर्वेद शिक्षाको प्रवर्द्धन र प्रचारप्रसार गर्ने जनाइएको छ । यस्तै नेपालमा आयुर्वेद र वैकल्पिक चिकित्सा मन्त्रालयको अवधारणा र आयुर्वेद अनुसन्धानका लागि ग्लोबल सेन्टर को अवधारणा राखिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!