नेपाल आयुर्वेद को गन्तव्य : प्रधानमन्त्री


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आयुर्वेदका लागि उचित गन्तव्य स्थल भएको बताएका छन् । शुक्रबार देखी राजधानीमा सुरु भएको सातौं अन्तर्राष्ट्रिय आयुर्वेद महा सभालाई सम्बोधन गर्दै प्रधान मन्त्रीले उक्त कुरा बताएका हुन् । उनले आयुर्वेदलाई प्राथमिकताका साथ अघि बढाउन सरकार प्रतिवद्ध रहेको समेत उल्लेख गरे ।

प्रधानमन्त्री ले आयुर्वेदलाई प्राथमिकताका मा राखी अघि बढ्न सरकार प्रतिबद्ध रहेको जनाए । उनले नेपाल आयुर्वेद क्षेत्रको प्राकृतिक भूमि रहेको र मुलुकमा विभिन्न प्रकारका प्राकृतिक औषधि लगायत अमूल्य जडिबुटी पाईने समेत बताए । सिंहदरबार वैद्यखानाबाट समेत  आयुर्वेदलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको जनाउदै प्रधान मन्त्री दहाल ले भने – ‘आयुर्वेद अस्पतालका लागि औषधिहरुको मुख्य थलोको रुपमा नेपाललाई भारतले राखेको छ । अझै यसलाई हामीले प्रचारप्रसार गर्न आवश्यक छ ।’

नेपाल आयुर्वेद चिकित्सक संघले नेपाल महर्षि वेदिक फाउन्डेसन, अन्तराष्ट्रिय महर्षि फाउन्डेसन लगायतका को  सहकार्यमा उक्त  अन्तराष्ट्रिय आयुर्वेद सम्मेलन आयोजना गरेको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!