स्वास्थ्य मन्त्री पदम गिरीको कार्यकाल ४२ दिन, एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता


काठमाडौं– राष्ट्रपति निर्वाचनको सन्दर्भमा नयाँ गठबन्धन बनेपछि नेकपा (एमाले)ले सोमवार सरकार छोडने निर्णय गरेको छ । सोमवार बसेको सचिवालयको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

एमाले सरकार वाट फिर्ता हुने निर्णय गरे सँगै स्वास्थ्य मन्त्री पदम गिरीको कार्यकाल ४२ दिन मै सकिएको छ । गिरी गत माघ ३ गते स्वास्थ्य मन्त्रीको रूपमा नियुक्त भएका थिए ।

गिरीले स्वास्थ्य सेवा दिवसको अवसरमा सोमवार नेपालको स्वास्थ्य क्षेत्रमा थुप्रै उपलब्धि हासिल गरेको जनाउदै यी अनुभवहरूलाई सँगै लिएर आगामी दिनमा गुण स्तरीय सेवा दिनु पर्ने बताए । आफू जानेरै स्वास्थ्यमा आएको र स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन आउने समेत उनले दाबी गरे । उनले फोहर सफा गर्न स्वास्थ्य क्षेत्रमा प्रवेश गरेको समेत बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!