भारत द्वारा नेपाल लाई २ सय थान डायलाइसिस मेसिन प्रदान


काठमाडौं – भारतले नेपाललाई २ सय थान मृगौला डायलाइसिस मेसिन प्रदान गरेको छ । नेपाल र भारतको कुटनीतिक सम्बन्ध कायम भएको ७५ वर्ष पुगेको अवसर पारेर आयोजित कार्यक्रममा उक्त मेसिन नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले स्वास्थ्य मन्त्री पदम गिरीलाई हस्तान्तरण गरे ।

मन्त्री गिरीले धेरै मानिसले समयमै डायलाइसिस  सेवा नपाइरहेको अवस्थामा भारत सरकारबाट प्राप्त डायलाइसिस  मेसीन ले धेरै हदसम्म समस्या हटाउने बताए । ‘हामीले आवश्यक ठाउँमा यी मेसिनलाई पुर्याउन सकेमा डायलाइसिस लागि समय पर्खिनु पर्ने समस्या हट्छ’, स्वास्थ्य मन्त्रीले भने, ‘भूकम्प र कोभिड पछिको अवस्थामा भारत सरकारको सहयोग उल्लेखनीय छ ।नेपालको स्वास्थ्य तथा पूर्वाधार विकास को क्षेत्रमा भारतले गरेको सहयोग स्मरणीय छ ।’

मन्त्री गिरीले नेपाल र भारत बीच सरकार–सरकारमा मात्र नभई जनता माझ पनि सामाजिक र आर्थिक रुपले घनिष्ठ सम्बन्ध रहेको बताए । ‘भारतले पनि छिमेकीलाई प्राथमिकता दिने नीति लिएको छ । यो हाम्रो लागि खुशीको कुरा हो । यही कारण हामी लामो समयदेखि सहकार्य गरिरहेका छौं । भारतबाट स्वास्थ्य क्षेत्रमा सुधार गर्नका लागि जुन सहयोग आएको छ, त्यो सहयोग हाम्रा लागि अमूल्य छ’, गिरीले भने ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!