कोभिडले साउन यता मृत्यु हुनेको संख्या पाच पुग्यो, सोमवार पुनः एकको मृत्यु


काठमाडौं–मुलुकमा सोमवार पुनः कोभिड संक्रमणले एक जनाको मृत्यु भए पछि असार यता मृत्यु हुनेहरूको संख्या पाच पुगेको छ । यस अघि आइतबार २ जनाको मृत्यु भएको थियो भने साउन १ र २ गते समेत एक/एक जनाले ज्यान गुमाएका थिए ।

स्वास्थ्य मन्त्रालयको अनुसार सोमवार पिसिआर र एन्टिजेन गरी ४ हजार ८ सय नमुनाको परिक्षण गर्दा ११.८३ प्रतिशत अर्थात ५ सय ६८ जनामा कोभिड संक्रमण देखिएको हो ।

यसरी पिसिआर अन्तर्गत ३ हजार ८४ नमुनालाई परिक्षण गर्दा १४ .६८ प्रतिशत ४ सय ५३ जनामा कोभिड संक्रमण देखिएको हो भने एन्टिजेन अन्तर्गत १ हजार ७ सय १६ नमुनाको परिक्षण गर्दा ६.७० प्रतिशत अर्थात १ सय १५ जनामा संक्रमण देखिएको हो ।

हाल देशभरिमा ३ हजार ५ सय ३४ जना सक्रिय संक्रमित छन । मुलुक भरी भएका कुल संक्रमितको ५५.९१ प्रतिशत अर्थात १ हजार ९ सय ७६ जना काठमाडौं जिल्लाका छन भने ६८.४४ प्रतिशत सक्रिय संक्रमित अर्थात २ हजार ४ सय १९ जना काठमाडौं उपत्यका का छन ।

हाल देशभरीमा कोभिडले थला परेर २९ जना सघन उपचार गराइ रहेका छन । प्रदेश १ मा ४ जना,  बागमती प्रदेशमा २२ जना र सुदूर पश्चिम प्रदेशमा १ जना गरी २७ जना आइसीयुमा र बागमती प्रदेश कै २ जना भेन्टिलेटरमा समेत छन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!