किस डे, किन मनाइन्छ ? चुम्बनका फाइदाहरु


भ्यालेन्टाइन विक ( साता) अव समाप्त हुने क्रममा छ । भ्यालेन्टाइन दिवस भन्दा एक दिन अघि सोमवार चुम्बन दिवस (किस डे) को रुपमा मनाइन्छ ।

पश्चिमी संस्कार अनुसार भ्यालेन्टाइन सातामा हरेक दिन एउटा दिवस मनाइने गरिन्छ । यस अन्तर्गत प्रेमको गुलाफ (रोज डे) दिवस, प्रस्ताव दिवस (प्रपोज डे), चकलेट डे, टेडी डे, प्रमिश (वचन) डे, हग (आलिङ्गन) डे र किस (चुम्बन) डे सामिल छ । भ्यालेन्टाइन साता को हरेक दिनको आफ्नै र फरक महत्व छ । जो व्यक्ति रिलेसनसिप (सम्वन्ध) मा हुन्छन, उनीहरू यो साता भरी आफ्नो साथी लाई उपहार दिन्छन् र उनी सँग रोमान्टिक समय बिताउँछन् ।

किस डे मा जोडीहरू एक अर्कालाई चुम्बन सहित आपसी सम्बन्ध लाई बलियो पार्ने जनविश्वास छ ।यस्तो भनिन्छ की किस डे को दिन तपाइको जोडी लाई यो अनुभुति हुन्छ की तपाइ आफ्नो सम्बन्ध र भावना लाई लिएर कति भावुक हुनु हुन्छ ।

चुम्बन एउटा सानो तर धेरै महत्वपूर्ण शारीरिक अभिव्यक्ति (फिजिकल एक्सप्रेसन) हो । जो तपाइको जोडी अर्थात पार्टनरलाई यो वताउछ की तपाइ उ सँग कति माया गर्नु हुन्छ ।

स्वस्थ सम्बन्धमा गरिएको चुम्बन फाइदा जनक
आफ्नो जोडी लाई चुम्बन गर्नु त्यति खेर सम्म गलत हुदैन जव सम्म यसको लागि दुवै जनाको सहमति होस । दुई जना स्वस्थ वयस्क व्यक्तिको सहमति मा गरिएको चुम्बन म्याजिकल हुन सक्छ ।

चुम्बनको स्वास्थ्य सँग सम्बन्धित फाइदाहरू

  • रक्तचापमा कमी ल्याउँछ –उत्साहले गरिएको चुम्बनमा मुटुको चाल स्वस्थ तरिकाले बृद्घि हुन्छ । यसले रक्तचाप लाई कम गर्न सघाउँछ ।
  • टाउको दुखाइ घटाउँछ –सामान्य टाउको दुखाइ वा महिनावारीको बाउँडाइ (क्रैप्स) हुँदा चुम्बन गर्नु घेरै आराम दिन सक्छ ।
  • प्रसन्नता दिने हर्मोन बढ्छ –तनाव अनुभव गरिरहेको समय चुम्बनले राम्रो अनुभुति गराउन सक्छ । यस्तो अवस्थामा गरिएको चुम्बनले प्रसन्नता दिने हर्मोन बढाउँछ जसले आराम साथरहन (रिल्याक्स) सघाउँछ ।
  • क्यालोरी डढ्छ –चुम्बन एउटा राम्रो व्यायाम समेत हो । यो प्रकृयाले शरीरमा केही क्यालोरी डढाउँछ जसले तौल कम गर्न सघाउँछ ।
  • यौन सुसंगति –चुम्बनले तपाइको जोडीको यौन सुसंगति (सेक्सुवल कमपैटेविलिटी) को अनुमान लगाउन सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस

error: Content is protected !!