दिल्लीमा भेटियो मंकीपक्सको पहिलो बिरामी


नयाँ दिल्ली (भारत)भारतको राजधानी दिल्लीमा मन्कीपक्सको पहिलो केस रिपोर्ट गरिएको स्वास्थ्य मन्त्रालयले दिल्लीमा पहिलो बिरामी भेटिएको पुष्टि गरेको छ। यो बिरामी मौलाना आजाद मेडिकल कलेजमा भर्ना छन्।

यातायात इतिहास नभएका ३१ वर्षीय पुरुषलाई ज्वरो छालामा घाउ देखिए पछि अस्पतालमा भर्ना गरिएको थियो भारतमा यो रोगको चौथो केस हो ।ती व्यक्ति हालै हिमाचल प्रदेशको मनालीमा भएको पार्टीमा सहभागी भएका थिए।

पश्चिम दिल्लीका बासिन्दा ती व्यक्तिलाई तीन दिनअघि मौलाना आजाद मेडिकल कलेज अस्पतालमा मंकीपक्सको लक्षण देखिएपछि भर्ना गरिएको थियो। उनको नमुना नेशनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआईभी) पुणेमा  परीक्षण गर्दा शनिबार पोजेटिभ देखिएपछि बिरामीको कन्ट्याक्ट ट्रेसिङ प्रक्रिया सुरु गरिएको

केरलामा अहिलेसम्म जनामा संक्रमण पुष्टि
दक्षिण केरलाको कोल्लम जिल्लामा गत असार ३० गते भारतमा मंकी पक्सको पहिलो केस रिपोर्ट गरिएको थियो। दोस्रो केस साउन गते तेस्रो केस साउन गते मा केरलामा रिपोर्ट गरिएको थियो। तीनै जना विदेश भ्रमण सकेर फर्किएका थिए

हालै केरला सरकारले मंकीपक्सको बढ्दो केसहरूलाई ध्यानमा राख्दै निकट सम्पर्कमा आएका व्यक्तिलाई ज्वरो आएमा अलग्गै राख्नुपर्ने शरीरमा रातो दाग देखिएमा मंकी पक्स  परीक्षणका लागि नमुना पठाउनुपर्ने जनाएको  


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!