प्रदेश अस्पताल सुर्खेतमा मृगौला प्रत्यारोपण गराएका पाँचौ दिनमा डिस्चार्ज


सुर्खेत– कर्णालीमा पहिलो पटक प्रदेश अस्पताल सुर्खेतमा मृगौला प्रत्यारोपण गरिएको २२ वर्षीय युवक लाई पाँच दिनको अस्पताल बसाइ पछि विहीवार डिस्चार्ज गरिएको छ । हाल बिरामी सहित उनलाई मृगौला दान दिने आमा पूर्ण स्वस्थ छन ।

राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोग तथा कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा सुर्खेतमा गत शनिवार मृगौला प्रत्यारोपण सम्पन्न भएको थियो ।

प्रदेश अस्पतालमा नियमित रुपमा प्रत्यारोपण सेवा सञ्चालन गर्ने योजना छ । यसको लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गरी आत्मनिर्भर बनाउनको लागि प्रत्यारोपण केन्द्रमा थप तालिममा पठाउने योजना बनाएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!