कोभिडले थप २ को मृत्यु, साउन यता कोरोनाले ४ जनाको ज्यान लियो


काठमाडौँ — मुलुकमा आइतबार कोभिड भाइरस संक्रमणबाट २ जनाको मृत्यु भएको छ । यो सँगै साउनमा कोरोनाले मृत्यु हुनेहरूको संख्या ४ पुगेको हो ।

आइतबार काठमाडौँको स्वास्थ्य संस्थामा २ जनाको कोभिडले ज्यान गएको हो भने साउन १ गते धरान र साउन २ गते काठमाडौँको स्वास्थ्य संस्थामा उपचाररत रहेका एक/एक जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार २४ घण्टामा ३ हजार ८ सय ८८ नमुना परीक्षण गर्दा ३सय ४७ जनामा संक्रमण देखिएको हो । २ हजार ३ सय ६० पीसीआर गर्दा ३ सय ३ जनामा र १ हजार ५ सय २८ एन्टिजेन परीक्षण गर्दा ४४ जनामा  संक्रमण देखिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!