राजधानीको ६ ठाउँमा हाँस, स्थानीय कुखुरा र लेयर्स हरुमा ‘बर्डफ्लु’,


काठमाडौं– राजधानीको को ६ ठाउँ मा हाँस, लेयर्स र कुखुरा मा बर्डफ्लु संक्रमण भेटिएको छ । पशु सेवा विभागको अनुसार ललितपुर–१५ खुमलटार, भक्तपुर– १० चाँगुनारायण, नागार्जुन– ६ रामकोट, तारकेश्वर– १ र ७ एवं काठमाडौं महा नगरपालिका– १० स्थित शंखमुलमा बर्डफ्लु संक्रमण देखिएको हो । विभागको अनुसार सबैभन्दा बढी नागार्जुन र तारकेश्वर बढी प्रभावित देखिएको छ । तारकेश्वरमा गत वर्ष समेत बर्डफ्लु भेटिएको थियो ।

केन्द्रीय पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर परीक्षणमा माघ १५ गते देखि २० गते को बीचमा बर्डफ्लु पुष्टि भएको हो । पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालका अनुसार बर्डफ्लु नियमावली अनुसार संक्रमण देखिएको ठाउँ लाई प्रभावित क्षेत्र घोषणा गरेर नियन्त्रणमा लिइ सकिएको छ ।

६ ठाउँ बाट ५ सय वटा हाँस, ५ हजार ५ सय ३१ वटा व्यवसायीका लेयर्स र ७ सय ६२ वटा स्थानीय कुखुरा नष्ट गरिएको विभागले जनाएको छ । यस्तै १० हजार २ सय ४५ वटा अण्डा, ५ सय ५० केजी खाना समेत सुरक्षित तवरले नष्ट गरिएको छ ।

ढकालका अनुसार व्यवसायीका रूपमा कुखुरा पाल्ने मा बढी संक्रमण देखिएको हो । त्यस क्षेत्रमा हाल रोग पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ । मुलुकमा २०६० सालमा झापा बाट बर्डफ्लु देखिन सुरु भएको हो । गत वर्ष पनि उपत्यका लगायत कर्णाली प्रदेशको सुर्खेतमा बर्डफ्लु देखिएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!