लाईसेन्स परीक्षामा झण्डै ५३ प्रतिशत डाक्टर फेल


काठमाडौ – नेपाल मेडीकल काउन्सील ले लिएको लाइसेन्स परीक्षामा झण्डै ५३ प्रतिशत डाक्टर फेल भएका छन । काउन्सील ले माघ १२ गते देखी १५ गते सम्म सञ्चालन गरेको लाइसेन्स परीक्षामा २ हजार ३ सय ११ जना डाक्टर र दन्त चिकित्सक सहभागि भएको मा १ हजार २ सय २० जना अर्थात ५२.७९ प्रतिसत डाक्टर फेल भए ।

यो परीक्षा मा २ हजार ३ सय ११ जना एमविविएस र विडिएस गरेका चिकित्सक सहभागि भएको मा १ हजार ९१ जना डाक्टर अर्थात ४७.२१ प्रतिशत पास भए । १० जना परीक्षा मा सहभागि भएनन ।

लाइसेन्स परिक्षा मा एमविविएस गरेका १ हजार ८ सय ३९ जना डाक्टर सहभागी भएको मा ७ जना परिक्षा मा अनुपस्थित रहदै ८ सय ६३ जना (४७.१०%) पास र ९ सय ६९ (५२. ८९%)जना फेल भएका छन ।

यस्तै विडिएस तर्फ ४ सय ८२ जना सहभागि भएकोमा ३ जना परीक्षामा अनुपस्थित रहदै २ सय २८ जना ( ४७.५९%) पास र २ सय ५१ जना अर्थात (५२.४०%) फेल भएका छन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!