गुल्मी र अर्घाखाँचीमा रेबिजको त्रास, एक व्यक्ति र दुई भैँसीको रेबिजले मृत्यु

३४ दिनमा गुल्मी दरबार र छत्रदेवमा १ सय ३६ जनाले रेबिज विरुद्धको खोप लगाए


गुल्मी  –एक महिला र पशु चौपायाको मृत्यु पछि गुल्मी र छिमेकी जिल्ला अर्घाखाँचीमा रेबिजको त्रास फैलिएको छ । रेबिज ले गुल्मी दरबार गाउ पालिका –९ की ४३ वर्षीया को एक महिलामा पुस ९ गते रेबिज को लक्षण देखिए पछि पुस १२ गते मृत्यु भएको हो ।

उनको काठमाडौं स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पुर्याएँ पनि ढिलो भइ सकेको ले उपचार सम्भव नभएर मृत्यु भएको हो । बहुला जनावरले टोकन साथ रेबिज विरुद्धको खोप नलगाउँदा व्यक्ति विशेषमा यो रोगको लक्षण देखि सकिए पछि मृत्यु बाहेक कुनै उपचार छैन ।

हाल गुल्मी दरकार सँगै सिमाना जोडिएको अर्घाखाँचीको छत्रदेवमा कुकुरले पशु र मानिसलाई टोकेर त्रास पूर्ण अवस्था छ । गत मंसिर ११ गते देखी पुस १५ गते सम्म गरी ३४ दिनमा गुल्मी दरबार र छत्रदेवमा १ सय ३६ जनाले रेबिज विरुद्धको खोप लगाएका छन् । गाउँमा बहुला कुकुरले टोकेर २ वटा भैँसी समेतको रेबिज ले मृत्यु भएको छ ।

भैँसी कुकुर जस्तै कराउने, आँखा रातो हुने, मान्छे देख्दा उठी हाल्ने लक्षण देखिए पछि भेटनेरी अस्पतालमा जचाउँदा रेबिज पुष्टि भएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!