‘विज्ञ भन्छनः भारतमा कोरोना खोपको चौथो मात्रा आवश्यक छैन’


नयाँ दिल्ली –विदेशमा कोरोना को प्रकोप जारी रहेकै समय इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) का महामारी विज्ञान र सरुवा रोगका पूर्व प्रमुख डा.रमन गंगाखेडकर ले भारतमा कोरोना विरुद्धको खोपको चौथो मात्रा आवश्यक नरहेको बताएका छन ।

डा.गंगाखेडकरले भने –‘हाल भएका प्रमाणहरू लाई हेर्दा यो यति ठूलो छैन की कोभिड खोपको चौथो मात्राको आवश्यकता होस । यसको थुप्रै कारण छ ।’ ऊनको अनुसार यदि कुनै व्यक्तिले कोरोना संक्रमण विरुद्धको खोपको तेश्रो मात्रा लिएको छ भने यसको के अर्थ हो भने उसको टी–कोशिका प्रतिरक्षा प्रतिक्रिया लाई तिन पटक प्रशिक्षित गरेको छ ।

डा.गंगाखेडकरले  थपे–‘कोरोना को मुख्य भाइरस यति परिवर्तित भएको छैन की एउटा नयाँ खोपको आवश्यकता होस । यसैले प्रयास गरौँ की हाम्रो टि–कोष प्रतिरक्षा प्रकृयामा विश्वास राखोस् ।’ तर उनले दीर्घ रोगी, बूढापाका, शरीरको प्रतिरक्षा प्रणाली अत्यन्त कमजोर भएकाहरूले मास्कको उपयोग लगायतका संक्रमण वाट बच्ने उपायहरू अपनाउनु पर्छ ।

उनको अनुसार चौथो मात्राको लागि अहिले पनि सोच्नु पर्छ । यदि कोरोनाको कुनै नयाँ संस्करण आए त्यो ‘सार्स–कोभ २’ परिवार वाट आएको हुँदैन । ‘यो पुर्न रूपमा नयाँ भेरिएन्ट हुन सक्छ र यो जति खेर आउँछ त्यति खेर हामी सोच्ने छौं’, डा.गंगाखेडकरले भने–  ‘किनभने हाम्रो जिनोमिक निगरानी जारी छ । अहिले नै चिन्ता लिनु पर्ने आवश्यकता छैन ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!