बानेश्वरमा आत्मदाह को प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु


काठमाडौँ — बानेश्वरमा मंगलबार दिउँसो आफैलाई आगो लगाएर आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको कीर्तिपुर स्थित बर्न अस्पतालको आईसीयूमा उपचारका क्रममा बुधवार मृत्यु भएको छ ।

अस्पतालको बर्न वार्डका प्रमुख डा. सुरेन्द्र बस्नेत का अनुसार बुधबार बिहान साढे ५ बजे उपचारका क्रममा ३६ बर्षिय आचार्यको मृत्यु भएको हो । आचार्यको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको थियो ।

फेसबुकमा आत्मवृत्तान्त सहित सुसाइड नोट लेखेर इलाम पञ्चकन्या–६ का आचार्यले मंगलबार दिउँसो नयाँ बानेश्वर स्थित संसद् भवन अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । लगत्तै उनलाई प्रहरीले उपचार को लागी कीर्तिपुर स्थित बर्न अस्पताल पुर्‍याएको थियो ।

आचार्यले फेसबुकमा आफू उद्योगी/व्यवसायी भएको र व्यापार व्यवसायमा जताततै असफलता बेहोरेको समेत उल्लेख गरेका छन् । उनले आफू डिप्रेसनमा भएको, तर कसैले पनि आफ्नो कुरा स्वीकार नगरेको समेत स्पष्ट गरेका छन् ।

suicide prevention hotline/helpline
Patan Hospital helpline for suicide prevention: 9813476123
TUTH Suicide hotline: 9840021600
Government Suicide Prevention Hotline: 1166
Nepal Drug and Poison Information Center (24 hours): 01-5919513


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!