चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का विद्यार्थी र प्रहरी बीच झडप


काठमाडौं–त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)मा विद्यार्थीले आइओएमको डीन कार्यालयमा लगाएको ताला प्रहरीले खोलेपछि केही समय दुवै पक्ष बिच झडप भएको छ ।

आइओएमको विकृति सुधारको माग गर्दै विद्यार्थीले मंगलबार बिहान डीन कार्यालयमा लगाएको ताला प्रहरीले खोलेपछि केही समय तनाव भएको हो । विद्यार्थीहरूले होस्टेललाई व्यवस्थित गरि विकृति सुधार गर्नुपर्ने माग राखेका छन् । आईओएम प्रशासनले प्रहरी लगाएर ताला खोलेपछि विद्यार्थीले प्रहरी विरुद्ध नारा बाजी गरेका थिए ।

प्रहरीले सामान्य लाठी प्रहार गर्नु को साथै केही विद्यार्थीलाई नियन्त्रणमा समेत लिएको छ । चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टल सुधार समूहले आईओएमको विकृति विरुद्ध आन्दोलन गर्दै आएका छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!