गर्मी हैन जाडोमा समेत नरिवल पानी धेरै फाइदा जनक


यदि तपाई लाई नरिवलको पानी गर्मीमा बढी फाइदा जनक हुन्छ भन्ने लाग्छ भने त्यस्तो होइन । जाडोमा पनि नरिवल पानीलाई बिना हिचकिचाहट सेवन गर्न सकिन्छ । नरिवलको पानीले हाम्रो प्रतिरक्षा प्रणाली लाई बलियो बनाएर सङ्क्रमणबाट जोगाउँछ ।

नरिवलको पानी हाम्रो स्वास्थ्यका लागि निकै फाइदा जनक हुन्छ । यो गर्भावस्था र जन्डिस जस्ता रोगहरूमा रामवाण औषधिको रूपमा काम गर्दछ । यी बाहेक पनि धेरै रोगहरू छन् जसमा नरिवल पानी निकै फाइदा जनक हुन्छ । नरिवलको पानीमा इलेक्ट्रोलाइट, लौरिक एसिड, पोटासियम, म्याग्नेसियम र जिंक प्रशस्त मात्रामा पाइन्छ । जानौ नरिवलको पानीको फाइदाहरू।

मृगौलाका लागि फाइदाजनकः मिर्गौला हाम्रो शरीरको सबैभन्दा अभिन्न अंग हो । यसमा सम्पूर्ण शरीरको स्वास्थ्य निर्भर हुन्छ । नरिवलको पानी मिर्गौलालाई स्वस्थ राख्न निकै सहयोगी हुन्छ । एक कप नरिवलको पानीमा ६०० मिलि ग्राम पोटासियम पाइन्छ । यसबाट हामी पुरै दिनको खाना(डाइट)को १६ प्रतिशत पोटासियम पाउँछौ । पोटासियम किड्नी र मांसपेशीहरूको को लागी धेरै महत्त्वपूर्ण छ ।एक कप नरिवलको पानीमा ६० मिलि ग्राम म्याग्नेसियम हुन्छ ।

शरीरबाट विषाक्त पदार्थहरू हटाउन मद्दत गर्छ : नरिवलको पानीमा पनि राम्रो मात्रामा मूत्रवर्धक (डाइयेरेटिक) गुण हुन्छ, जसले शरीरबाट विषाक्त पदार्थहरू हटाउन मद्दत गर्दछ।

नरिवल पानीमा ९५ प्रतिशत पानी : नरिवलको पानीमा ९५ प्रतिशत पानी पाइन्छ। यस कारण, यो अन्य पेय को दाँजोमा बढी लाभदायक छ । यसको सेवनले शरीरमा तत्काल तिव्र गतिले इलेक्ट्रोलाइट्सको कमी पूरा हुन्छ।

चम्किलो छालाका लागि फाइदाजनक : नरिवलको पानीले हाम्रो छालालाई पनि फाइदा गर्छ । पानीको मात्रा धेरै हुने भएकाले यसको सेवनले छालालाई ओसिलो(हाइड्र्रेट) राख्न सघाउ पुग्नको साथै मोइस्चराइज गर्न पनि मद्दत गर्छ।

रक्तचाप नियन्त्रणमा सहयोगी : जाडो मौसममा धेरै जसो व्यक्तिमा रक्तचापको समस्या निकै बढ्छ। यस्तो अवस्थामा नरिवलको पानी पिउनु निकै फाइदा जनक हुन्छ। यसमा पाइने पोटासियमले रक्तचाप नियन्त्रण गर्छ । यदि तपाई ले हरेक दिन एक कप नरिवलको पानी पिउनुभयो भने तपाई ले रगतमा चिनीको मात्रालाई कायम राख्न सक्नुहुन्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!