प्रधानमन्त्री दाहाल सँग डा.रुइतको भेट : तिलगंगा आँखा केन्द्रलाई मानित विश्व विद्यालयको रूपमा विकास गर्न प्रतिबद्धता


काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल सग बालुवाटारमा तिलगंगा आँखा केन्द्रका निर्देशक डा. सन्दुक रुइतले शनिबार भेटवार्ता गरेका छन् । उक्त भेटमा प्रधानमन्त्री दाहालले तिलगंगा आँखा केन्द्रलाई मानित विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार, डा. रुइतको चासोको जबाफ दिँदै प्रधानमन्त्री दाहालले भने–‘मानित विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक छ । यससम्बन्धी आवश्यक नीति गत सुधारका लागि आवश्यक पहल हुन्छ।’

प्रधानमन्त्री दाहालले मानवीय सेवाका लागि डा. रुइतलाई बहराइन सरकारले ‘इसा अवार्ड’दिने घोषणा गरेकोमा बधाई समेत दिए र आँखाको उपचारका लागि सरकारका तर्फबाट आवश्यक अन्य सबै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

डा. रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमुना काम गरेको भन्दै मोति बिन्दुको उपचारका लागीसमेत नेपालमै औषधि उत्पादन गर्न सकिने सम्भावनाबारे चर्चा गरेका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!