मृत्यु पछि शरिरका सवै अंगदान गर्ने प्रधानमन्त्री दाहालको घोषणा


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले मृत्यु पछि शरीरका सवै अंग दान गर्ने घोषणा गरेका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा शुक्रवार आयोजित विशेष कार्यक्रम लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् ।

‘मेरो मृत्यु पश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दैछु’, प्रधानमन्त्री दाहालले भने । प्रधानमन्त्रीले अघिल्लो पटक आफु प्रधानमन्त्री हुँदा सल्लाघारी मा रहेको ९९ रोपनी जग्गा प्रत्यारोपण केन्द्रलाई दिने निर्णय गराएको भए पनि प्रधानमन्त्री छाडेपछि त्यो निर्णय लागू नभएको जगाउदै त्यसलाई सम्बोधन गरिने बताए । उनले केन्द्रलाई देशभर विस्तार गर्नुपर्ने आवश्यकता रहेको समेत जनाए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!