२० जिल्लाका ३ सय ३५ जना कोभिड संक्रमित थपिए


काठमाडौं–मुलुकमा पछिल्लो २४ घन्टामा २० जिल्लाका ३ सय ३५ जना नयाँ कोभिड संक्रमित थपिएका छन । स्वास्थ्य मन्त्रालयको अनुसार शनिवार पिसिआर र एन्टिजेन गरी २ हजार ९ सय ८६ नमुना परिक्षण गर्दा ११.१८ प्रतिशत अर्थात ३ सय ३५ जनामा कोभिड संक्रमण देखिएको हो ।
मुलुकभरि मा शनिवार सवै भन्दा बढी १ सय ८ जनामा काठमाडौं जिल्लामा कोभिड संक्रमण देखिएको हो । यो देशभरी देखिएको संक्रमणको ३२.८ प्रतिशत हो ।
यस्तै ललितपुरमा ३८, भक्तपुरमा ५, पाँचथरमा १, मोरङमा १८, सुनसरीमा ४, धनुषामा १२, महोत्तरीमा २, सिरहामा २, चितवनमा ६, दोलखामा २, धादिङमा १, मकवानपुरमा १, कास्कीमा ४, गोरखामा २१, तनहुँ मा ३, नवलपरासी पूर्वमा ४, बाकेमा २, रुकुम पूर्वमा १ र रोल्पा जिल्लामा १ जनामा पछिल्लो २४ घन्टामा कोभिड संक्रमण देखिएको हो ।
हाल देशभरमा २ हजार ९ सय ७१ जना कोभिड का सक्रिय संत्रमित छन । मुलुकभरको कुल संक्रमितको ५४.५९ प्रतिशत अर्थात १ हजार ६ सय २२ जना काडामाडौँ. जिल्लामा छन । यस्तै उपत्यकाको भक्तपुरमा ८४ जना र ललितपुरमा २ सय ८५ जना सक्रिय संक्रमित छन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!