मुलुक कै सबै भन्दा सस्तो क्याथ ल्याब वीर अस्पताल मा शुरु


काठमाडौं– वीर अस्पतालमा मुलुक मै सबै स्वास्थ्य निकाय भन्दा सस्तो हुने दाबी साथ विहीवार अत्याधुनिक क्याथ ल्याब सेवा शुरु भएको छ । यो सँगै अब एन्जियोप्लाष्टी, स्टेन्टिङ्ग, एन्जियोग्राफी लगायतका मुटु सँग सम्बन्धित सेवा सुचारु हुने छ ।

‘त्रिवि शिक्षण अस्पताल, गंगालाल राष्ट्रिय हृदय केन्द्र’, मा क्याथ ल्याब सेवा वापत लिइने शुल्कको ६० प्रतिशत मात्र यहा निर्धारण गर्ने छौं’, वीर अस्पतालका चिफ कन्सलटेन्ट कार्डियोलोजिष्ट डा.समिर पौडेलले नेपालहेल्थप्रेस सँग भने–‘हाम्रो एक मात्र उद्देश्य बिरामीले मुलुक मै सबै भन्दा सस्तोमा सेवा सुविधा पाउनु भन्ने हो ।’

बीरले क्याथ ल्याब वाट नाफा आर्जन नगरी मात्र मर्मत सम्भार खर्च निकाल्न शुल्क निर्धारण गर्ने प्रकृया समेत अगाडि बढाएको चिकित्सकहरूले बताए । एउटा एन्जियोग्राफी गर्दा साढे ६ देखी ७ हजार शुल्क निर्धारण गर्ने छलफल भइ रहेको औँल्याउदै डा.पौडेलले भने–‘यहि शुल्क हाल सरकारीमा १४–१५ हजार र निजीमा २० हजार भन्दा माथि छ ।’

वीर का प्रमुख प्रशासकीय अधिकृत प्रा.डा.भुपेन्द्र कुमार बस्नेतले अस्पतालले हाल साधारण देखी अत्यन्त विशिष्टीकृत सेवा दिई रहेको बताए । उनले अस्पताललाई अति विशिष्टीकृत अस्पतालको रुपमा विस्तार हुनु पर्ने जनाउदै स्वास्थ्य मन्त्रालयले दिने अनुदान समेत बढाउनु पर्ने माग गरे ।उक्त क्याथ ल्यावको विहीवार नव नियुक्त स्वास्थ्य मन्त्री पदम गिरी र स्वास्थ्य राज्य मन्त्री डा.तोषिमा कार्कीले संयुक्त रुपमा उद्‌घाटन गरेका हुन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!