जीवित शिशुलाई डाक्टरले मृत घोषणा गरेको घटना छानबिन गर्न समिति


विराटनगर – कोसी अस्पतालको आकस्मिक कक्षका डाक्टरले १८ दिन की शिशुलाई मृत घोषणा गरे पनि उनी जीवितै रहेको घटना अनुसन्धान गर्न अस्पताल प्रशासनले बालरोग विशेषज्ञ डा. प्रविण झाको संयोजकत्वमा बिहीबार तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिमा अर्का दुई सदस्यमा बालरोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र अस्पताल का अधिकृत रामप्रसाद नेपाल छन् । समितिलाई एक साता भित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

जीवित शिशुलाई मृत घोषणा गर्ने आकस्मिक कक्षका मेडिकल अफिसर डा. आकाश यादव,अहेव टीका भण्डारी र लक्ष्मण माझीलाई समेत अस्पतालले २४ घण्टा भित्र स्पष्टिकरण बुझाउन निर्देशन दिएको छ । उनि हरू लाई प्रतिवेदन नबुझाए सम्म काम काजमा रोक समेत लगाइएको छ ।

गत बुधबार बिहान १८ दिनकी शिशुलाई उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइए पछि कार्यरत मेडिकल अफिसर डा.आकाश यादव लगायत अहेव द्वय टीका भण्डारी र लक्ष्मण माझीले शिशुको स्वास रोकिएको र मुटुको धडकन नचलेको भन्दै मृत घोषणा गरेका थिए ।

अस्पतालको आकस्मिक कक्षका डा. यादव लगायतका टोलीले जीवित शिशुलाई मृत घोषणा गरेपछि बुधबार अस्पताल परिसरमा व्यापक तनाव भएको थियो । मृत घोषणा गरिएकी ती नवजात शिशुको हाल स्थानीय गोल्डेन अस्पतालको एनआईसीयूमा उपचार भइरहेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!