डब्लुएचओ नेपाल प्रमुख डा. पाण्डवले स्वास्थ्य मन्त्री एवं राज्यमन्त्री भेटेर सहयाेग गर्ने प्रतिबद्धता दोहोर्‍याए


काठमाडौं -विश्‍व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपाल स्थित कार्यालयका प्रमुख डा.राजेश संभाजीराव पाण्डवले बुधवार नवनियुक्त स्वास्थ्यमन्त्री पदम गिरी र स्वास्थ्य राज्यमन्त्री डा. तोशिमा कार्कीसँग शिष्टाचार भेट गरेकाछन ।

उक्त भेटमा नेपालमा सबैका लागि स्वास्थ्यमा पहुँच हासिल गर्न र प्राथमिकताका कार्यक्रमहरुमा विश्‍व स्वास्थ्य संगठनले सहयाेग गर्ने प्रतिबद्धता डा. पाण्डवले दोहोर्‍याएको डब्लुएचओ ले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गत मंगलबार नेकपा (एमाले) का पदम गिरीलाई स्वास्थ्य मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसिमा कार्कीलाई स्वास्थ्य राज्यमन्त्री गरी १२ मन्त्री र २ राज्यमन्त्री लाई नियुक्ति गर्दै मन्त्री मन्त्रिपरिषद् विस्तार गरेका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!