स्वास्थ्यवर्धक सुन्तला

सुन्तलाको सबै भन्दा ठुलो विशेषता यसमा भएको फ्रुक्टोज, डेक्सट्रोज, खनिज र भिटामिन, शरीरमा पुग्ना साथ उर्जा दिन थाल्नु हो । सूर्यको किरणद्वारा सुन्तलाको ‘स्टार्च’ सक्खर मा परिवर्तित हुन्छ । यो सक्खर मानव रगतमा अपेक्षाकृत बढी छिटो समाहित हुन्छ । यसैले सुन्तला खाए पछि चुस्ती, फुर्ति अनुभव हुन्छ ।


सुन्तला राम्रो स्वाद, मुड बनाउने वास्ना सहितको स्वास्थ्य वर्धक फल हो । यसमा भिटामिन ए, बी, सी र क्याल्सियम, म्याग्नेसियम, पोटासियम, फस्फोरस, कोलिन लगायत अन्य थुप्रै पोषक तत्त्वले परिपूर्ण हुन्छ ।

यति मात्र होइन यसमा १७० भन्दा बढी फाइटोकेमिकल र ६० भन्दा बढी फ्लेवोनोइडस हुन्छ, जो सुन्नाइ हटाउने र एन्टि अक्सिडेन्ट प्रभावले भरिएको हुन्छ । उपवास र सबै रोगमा सुन्तला उपयोग गर्न सकिन्छ । आयुर्वेद अनुसार सुन्तला वातनाशक, तृषासामक, दाह, ज्वरो, एवं हृदय विकारमा उपयोगी मानिन्छ ।

यसमा प्रचुर मात्रामा भिटामिन ‘सि’ पाइन्छ । भिटामिन सि मांसपेशीहरूको लागि भोजनबाट क्याल्सियम अवशोषण गर्न सहयोग गर्छ । यसमा भिटामिन ‘ए’, ‘बि’, फलाम र पोटासियम समेत बढी मात्रामा हुन्छ ।

सुन्तलाको सबै भन्दा ठुलो विशेषता यसमा भएको फ्रुक्टोज, डेक्सट्रोज, खनिज र भिटामिन, शरीरमा पुग्ना साथ उर्जा दिन थाल्नु हो । सूर्यको किरणद्वारा सुन्तलाको ‘स्टार्च’ सक्खर मा परिवर्तित हुन्छ । यो सक्खर मानव रगतमा अपेक्षाकृत बढी छिटो समाहित हुन्छ । यसैले सुन्तला खाए पछि चुस्ती, फुर्ति अनुभव हुन्छ ।

सुन्तलाको सेवनले शरीर स्वस्थ रहन्छ, चुस्ती, फुर्ति बढछ, छालामा निखार आउँछ र सौन्दर्यमा बृद्घि हुन्छ । सुन्तला स्वस्थ राख्नुको साथै शरीरको सफाइ समेत गर्छ । यो सफाइमा महत्वपूर्ण भूमिका खेल्छ सुन्तलामा भएका रेसा(फाईवर) हरु । यसमा भएका फाइबरले सजिलै भोजन पचाउन सघाउँछ । यसले पाचन रस को स्राव गर्न मा समेत सघाउँछ जसले गर्दा भोजनलाई प्रभावी रुपमा पचाउन मद्दत गर्छ । सुन्तलाको रसमा भने यो रेसाहरूको कमी हुन्छ त्यसैले सिंगो सुन्तला खानु नै बढी फाइदाकारी हुन्छ ।

सुन्तलामा क्यालोरी कम हुन्छ र दैनिक रुपमा यसको सेवन गर्न सकिन्छ । यसले रगतमा चिनीको स्तरलाई धेरै प्रभावकारी रुपमा सन्तुलित गर्न सक्छ । यसैले सुन्तला मधुमेह को रोगीहरूको लागि समेत लाभकारी हुन्छ ।  सुन्तलालाई नियमित आहारमा सामेल गर्नाले रुघाखोकी, रक्तस्राव को समस्या रहदैन । शरीर शसक्त र दीर्घायु बन्छ । पाचन प्रणाली ठिक रहन्छ ।

सुन्तलालाइ उमेर रोक्ने फल समेत मानिन्छ । किनभने यसमा एन्टिअक्सिडेन्ट यौगिक हुन्छ जो ‘फ्रि रैडिकल’ (मुक्त कण) सँग जुध्ने गर्छ । जुन कण छिट्टै बुढयौली र थुप्रै डिजेनरेसन रोगको कारण बनाउँछ ।

सुन्तलामा भएको साईट्रिक एसिड मूत्र र मृगौला रोगलाई हटाउँछ । आयुर्वेद अनुसार सुन्तलाको बोक्रा समेत गुणकारी मानिन्छ । बोक्रालाई पिनेर अनुहारमा लगाउँदा यसले दाग, कालो पोतो हटनुको साथै अनुहार टल्किन्छ ।

नानीहरु, बुढापाका, रोगीहरूलाई दुर्बलता हटाउन सुन्तला उपयोग गर्ने सल्लाह दिइन्छ । आयुर्वेद अनुसार सुन्तलाको नियमित सेवनले पाइल्स रोगमा समेत लाभ पुर्याउँछ । यसमा रक्त स्राव रोक्ने क्षमता छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!