डा. सन्दुक रुइत लाई १० लाख डलर अर्थात १३ करोड को इसा अवार्ड


काठमाडौ – नेत्र रोग विशेषज्ञ डा.सन्दुक रूइतले इसा अवार्ड प्राप्त गरेका छन् । यो अवार्ड अन्तर्गत डा. रुइतलाई १० लाख डलर ( करिव १३ करोड ८ लाख रुपैयाँ), सुनको तकमा र प्रमाणपत्र आगामी फेब्रुअरी महिनामा प्रदान गरिनेछ । रुइतका नाममा घोषणा भएको इसा अवार्ड हाल सम्म कुनै पनि नेपालीले प्राप्त गरेको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय पुरस्कार हो ।

बहराइनका पूर्व राजा सेख इसा बिन सलमान अल खालिफाको नाममा यो पुरस्कार स्थापित गरिएको हो । उक्त पुरस्कार हरेक दुई वर्षमा विश्व भरी बाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ ।

‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सन् २००९ मा स्थापना भएर सन् २०१३ देखि यो पुरस्कार दिदै आएको छ । पुरस्कार को पाँचौं संस्करण अन्तर्गत सन् २०२३ मा डा. रुइतलाई उक्त पुरस्कार घोषणा गरिएको हो ।

मंगलबार बहराइनको राजधानी मनमामा आयोजित पुरस्कार घोषणा समारोहमा राजाका प्रतिनिधिको रूपमा उपस्थित राजपरिवारका सदस्य शेख मो. बिन मुबारक अल खालिफाले डा. रुइतले अन्धोपन निवारणका लागि गरेको मानव कल्याणका लागि उनलाई इसा अवार्डका लागि छनोट गरिएको जनाए ।

यसअघि इसा अवार्ड मलेसियाकी चिकित्सक जमिला महमूद (सन् २०१३), भारतका समाजसेवी तथा शिक्षाविद् डा. अच्युत सामन्त (सन् २०१५), इजिप्टको बालबालिका क्यान्सर अस्पताल (सन् २०१७) र पाकिस्तानको ईदी फाउन्डेशन (सन् २०१९) लाई प्रदान गरिएको थियो ।

कोभिडका कारण पछिल्लो चार वर्षमा अहिले आएर मात्र इसा अवार्ड घोषणा गरिएको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!