पदम गिरी स्वास्थ्य मन्त्री र डा.तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री नियुक्त/ १२ मन्त्री र २ राज्यमन्त्री नियुक्ति गर्दै मन्त्री मन्त्रिपरिषद् विस्तार


काठमाडौ — प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार नेकपा (एमाले) का पदम गिरीलाई स्वास्थ्य मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसिमा कार्कीलाई स्वास्थ्य राज्यमन्त्री गरी १२ मन्त्री र २ राज्यमन्त्री लाई नियुक्ति गर्दै मन्त्री मन्त्रिपरिषद् विस्तार गरेका छन ।

प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको नियुक्ति पछि शीतल निवासमा शपथग्रहण गराएकी छिन । स्वास्थ्य मन्त्री गिरी र राज्य मन्त्री डा.कार्कीले समेत शपथमा सरिक भएका थिए । मंगलबार उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देन सहित १२ मन्त्री र २ राज्यमन्त्रीले शपथग्रहण गरेका छन । उपप्रधानमन्त्री र मन्त्रीहरूको शपथ राष्ट्रपति भण्डारीले गराएकी हुन् भने राज्यमन्त्रीहरूको शपथ प्रधानमन्त्री दाहालले गराएका हुन ।

एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्री सहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३–३ मन्त्रालय र जनमत पार्टिले एउटा मन्त्रालय लिएको छ । माओवादी, रास्वपा र राप्रपाले १–१ राज्यमन्त्री पाएका छन । राप्रपाबाट ध्रुवबहादुर प्रधान कानुनमन्त्री र वित्रम पाण्डेले सहरी विकासमन्त्री र दीपकबहादुर सिंहले ऊर्जा राज्यमन्त्रीका रूपमा मंगलबार शपथ लिएका छन । यस्तै एमालेबाट विमला राई पौड्यालले परराष्ट्र, पदम गिरीले स्वास्थ्य, भगवती चौधरीले महिला बालबालिकामन्त्री तथा हरि उप्रेतीले रक्षामन्त्रीका रूपमा शपथ लिएका हुन ।

त्यस्तै माओवादीबाट रेखा शर्माले सूचना, सञ्चार तथा प्रविधि, सुदन किरातीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र अमनलाल मोदीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रूपमा शपथ लिएका छन । माओवादीबाट मन्त्री बनेकी सुशीला श्रीपाली भने शपथग्रहण कार्यक्रममा उपस्थित भएकी थिइनन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनालले शिक्षामन्त्री, डोलप्रसाद अर्यालले श्रम तथा समाजिक सुरक्षामन्त्री तथा डा. तोसिमा कार्कीले स्वास्थ्य राज्यमन्त्रीका रूपमा शपथ लिएका छन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!