अदुवा ‘मसला’ मात्र हैन, महा औषधि हो


मुलुकमा हिमाल, पहाड, मधेश सबै तिर भान्सा कोठामा पाइने अदुवा एउटा मसला मात्र हैन । यो हाम्रो स्वास्थ्यको लागि प्रकृतिबाट प्रदान ‘महाऔषधि’ जस्तै हो । चिया देखी लिएर तरकारी, चटनी मात्र नभइ मासु, माछा, अचार, चटपटे परिकार लगायतका सबै प्रकारले उपयोग गर्न सकिने अदुवा स्वादमा तिखो, पाचक मात्र नभइ विभिन्न स्वास्थ्य लाभ दिने औषधि नै हो ।

आयुर्वेदले यसलाई पीडानाशक, वायु–कफ नाशक भनेको छ । अदुवालाई बारहै महिना उपयोग गरिए पनि यो न्यानो  प्रकृतिको भएकोले जाडो याममा बढी उपयोगी हुन्छ । ताजा वा सुख्खा दुबै प्रकारले प्रयोग गर्न सकिने अदुवा एउटा सशक्त ‘एन्टिभाइरल’ मात्र नभइ यसमा क्याल्सियम, आयोडिन, आइरन, क्लोरिन, भिटामिन सहित थुप्रै पोषक तत्व हुन्छ ।

मौसमी रुघा खोकीमा अदुवाको उपयोग गर्दा स्वास्थ्यमा सघाउ पुग्छ । यति मात्र हैन यसको उपयोगले कोलेस्ट्रोललाइ समेत नियन्त्रित गर्छ । रक्तचाप नियन्त्रणमा राख्न सघाउँछ । यसमा क्रोमियम, म्याग्नेसियम र जिंक हुन्छ जसले रगतको प्रवाहलाई राम्रो गर्छ । यसले रगतको सञ्चार लाई राम्रो राख्छ । रगत जम्दैन । यसको नियमित सेवनले हर्ट एटैक र स्ट्रोक ( पक्षाघात ) को जोखिममा कमी आउँछ ।

चिनियाँ चिकित्सा पद्धतिमा मुटु रोगको उपचारमा अदुवाको धेरै महत्व छ । यसमा ढुसी नाशक सँगै क्यान्सर प्रतिरोधी गुण समेत पाइन्छ ।   अदुवाको नियमित सेवनले हाम्रो छालालाई स्वस्थ र चम्किलो बनाउँछ । छालामा निक्खर बनाउनुको साथै यसले गर्दा छाला स्वस्थकर र युवा समेत देखिन्छ ।

हाम्रो पाचन प्रणालीलाई बलियो बनाउँछ । यसको नियमित सेवनले भोक बढाउँछ । ग्यासको समस्या वाट समेत राहत दिन्छ । पेटको समस्यामा समेत यो धेरै फायदा कारी मानिन्छ । खाना नपच्दा मात्र हैन पाचन प्रणालीमा सुधारको लागि समेत यो उपयोग गरिन्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!