थपिदै कोभिड संक्रमित, सघन उपचारमा रहेकाको संख्या बढदो

बागमती प्रदेशमा आइसीयु मा भर्ना रहेका २० जना संक्रमित मध्ये १४ जना विरेन्द्र अस्पताल छाउनीमा र ३–३ जना शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकु एवं विर अस्पतालमा छन । 


काठमाडौं–मुलुकमा शुक्रवार ४ सय ५६ जना नयाँ कोभिड संक्रमित थपिनुको साथै सघन उपचार गराउने  कोभिड संक्रमितहरुको संख्या बढ्दो छ । स्वास्थ्य मन्त्रालयको अनुसार शुक्रबार पिसिआर परिक्षण अन्तर्गत २ हजार १ सय ६८ नमुनाको परिक्षण गर्दा १७.७१ प्रतिशत अर्थात ३ सय ८४ जनामा संक्रमण देखिएको हो । यस्तै एन्टिजेन परिक्षण अन्तर्गत १ हजार ६ सय ७० नमुनाको परिक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको हो ।
पिसिआर र एन्टिजेन गरी शुक्रवार ३ हजार ८ सय ३८  नमुना परिक्षण गर्दा ११.८८ प्रतिशत अर्थात ४ सय ५७ जनामा कोभिड संक्रमण देखिएको हो ।
हाल देशभरीमा कोभिडले थला परेर सघन उपचारमा २२ जना छन । यस अन्तर्गत प्रदेश एकमा १ जना, सुदूर पश्चिम प्रदेशमा १ जना र बागमती प्रदेशमा २० जना गरी जम्मा २२ जना आइसीयु मा उपचाररत छन ।
बागमती प्रदेशमा आइसीयु मा भर्ना रहेका २० जना संक्रमित मध्ये १४ जना विरेन्द्र अस्पताल छाउनीमा र ३–३ जना शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकु एवं विर अस्पतालमा छन ।
स्वास्थ्य मन्त्रालयको अनुसार हाल देशभरीमा २ हजार ८ सय ४१ जना कोभिड को सक्रिय संक्रमित छन ।  मुलुकमा भएका कुल सक्रिय संक्रमित मध्ये ६६.२४ प्रतिशत अर्थात १ हजार ८ सय ८२ जना काठमाडौँ. उपत्यकाका छन । मुलुक भर रहेको सक्रिय संक्रमित को ५४.५२ प्रतिशत अर्थात १ हजार ५ सय ४९ जना काठमाडौं जिल्लामा छन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!