पोखरा विमान दुर्घटनामा तिन जना डाक्टरको मृत्यु,चिकित्सक संघ द्वारा शोक प्रकट


काठमाडौं – नेपाल चिकित्सक संघले आइतबार पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटना मा परी असामयिक निधन भएका संघका आजीवन सदस्य डा. सुशिल श्रेष्ठ लगायत डा. शोना दिवाकर र उनीहरुका १० महिने शिशु एबं डा. गणेश थापाको निधन मा शोक प्रकट गरेको छ ।

चिकित्सक संघले आइतवार विज्ञप्ती जारी गर्दै चालक दलका सदस्य सहित ७२ जना सवार विमान दुर्घटना हुँदा सबैको देहावसान भएको दुःखद घटनाले सम्पूर्ण मुलुक स्तब्ध भएको जनाएको छ ।

संघ ले दुःखद घडीमा बिमान दुर्घटनाका सम्पूर्ण मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवार तथा आफन्तजनहरुमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना समेत गरेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!