शीतलहर मा हरेक शनिबार गाउँ मै उपचार


जनकपुर – मधेशमा हाल देखिएको शीतलहर को अवस्थामा पछिल्लो केही समय देखि जनकपुर छेउ छाउका बासिन्दा हरुले केही चिकित्सक को पहलमा हरेक शनिबार गाउँ मै निःशुल्क उपचार पाई रहेकाछन ।

यस्तो क्लिनिक सञ्चालनमा डॉ. अजय कुमार झा, डॉ. इशराजुल शाह, डॉ. हेमन्त कुमार शर्मा, डॉ. प्रिंस भंडारी, डॉ. प्रकाश चन्द्र ओझा, डॉ. ज्ञान कुमार शाह, डॉ. सुजीत पाण्डेय, डॉ. रवि महथा लगायतका संलग्न छन ।

यसै क्रममा शनिवार नगराईन नगरपालिका को घोडघासमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा झण्डै ३ सय बिरामी हरु ले स्वास्थ्य सेवा पाए । उक्त शिविर मा मौसमी रुघाखोकी, हाडजोर्नी, दम, ब्लड प्रेसर, सुगर लगायतका बिरामीहरु ले स्वास्थ्य जाच गराएका थिए । शिविरमा केही क्यान्सर का विरामीहरू ले समेत उपचार पछि को अवस्था जान्न स्वास्थ्य परिक्षण गराएका थिए ।

चिकित्सक एवं स्वास्थ्यकर्मी हरु ले हरेक शनिवार यस्तो निः शुल्क स्वास्थ्य शिविर गर्दै आएका छन । शनिवार को स्वास्थ्य शिविर तिरहुत वचत तथा ऋण सहकारी संस्था लि को सहकार्य मा सम्पन्न भएको थियो ।

यस अघि गत शनिवार पुस २३ गते जनकपुरधाम – २० देवपुरा- रुपैठा मा स्वास्थ्य शिविर सम्पन्न भएको थियो । उक्त शिविर मा २ सय जना बिरामी ले सेवा पाए का थिए । शिविर सञ्चालन गर्न रगत एवं बाल रोग क्लिनिक र शाही क्लिनिक ले सहयोग गरेको थियो ।

शितलहर को समयमा विरामीहरू लामो दुरी मा जान नपरोस् भन्ने उद्देश्यले केही चिकित्सक को टोली आफ्नो ठाउँमा घुमी घुमी सेवा दिने प़ण गरेको शिविर सञ्चालनमा संलग्न रगत एवं क्यान्सर रोग विशेषज्ञ डा. अजय झाले वताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!