माओवादी उप महासचिव पुन फेरि अस्पताल भर्ना


काठमाडौं–माओवादी केन्द्रका उप महासचिव वर्षमान पुन सुमेरु अस्पताल ललितपुरमा भर्ना भएका छन् । दुई दिनअघि आफ्नो निर्वाचन क्षेत्र रोल्पा पुगेका पुनलाई पुरानै रोग जन्डिस बल्झिएपछि हेलिकप्टरबाट आकस्मिक उद्धार गरी काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको हो ।उनी वंशानुगत जन्डिस पीडित हुन । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप सिन्ड्रोम’ समेत भनिन्छ ।

बिहीवार सडक मार्गबाट रोल्पाको रुन्टीगढी गाउँपालिकामा न्यानो कपडा वितरणका लागि पुन त्यहाँ गएका थिए । पछिल्लो समय पुन चीनमा उपचार गराएर पुस ५ गते स्वदेश फर्किएका थिए ।

पुन चुनावी धपेडीका कारण रोग बल्झिए पछि गत १६ मंसिरमा चिकित्सकहरूको परामर्शमा फलोअप उपचारका लागि चीन समेत गएर सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार गराएका थिए । यसअघि समेत गत वर्ष पनि रोगले च्यापे पछि पुनको पहिला थाइल्याण्ड र त्यस पछि चीनमा उपचार गरिएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!