त्रिशूली अस्पताल निरन्तर तेश्रो बर्ष देशभरीमै उत्कृष्ट हुने प्रवल सम्भावना


नुवाकोट – त्रिशूली अस्पताल नुवाकोट न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा ९६% अंक प्राप्त गरेपछी निरन्तर तेश्रो बर्ष देशभरीमै उत्कृष्ट हुने प्रवल सम्भावना छ ।

अस्पताल ले आर्थिक वर्ष २०७९/०८० मा सरकारको न्यूनतम सेवा मापदण्डको अनुगमनको आधारमा सेकेण्डरी ए अस्पतालहरु मध्ये ९६% अंक प्राप्त गरेको हो ।

यस अघि २०७७/७८२०७८/७९मा पनि क्रमशः ८८% र ९४% प्राप्त गरी त्रिशूली अस्पताल देश भरी मै सर्वोत्कृष्ट भएको थियो।

स्वीकृत वेड संख्या ५० भए पनि अस्पताल ले हाल १ सय २० बेड सञ्चालन गरी रहेको छ । ५९कर्मचारी को दरबन्दी रहेको अस्पताल मा हाल करार र समिती आदि गरेर १ सय ८० कर्मचारी कार्यरत छन । यस्तै त्रिशुली अस्पताल मा १७ जना विशेषज्ञ चिकित्सक र ११ जना मेडीकल अफिसर गरी २८ जना डाक्टर कार्यरत छन ।

अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा, भएका जनशक्ति , अस्पतालको सुशासन, पारदर्शिता लगायतलाई दृष्टिगत गरी विशेषज्ञ टोलीले अनुगमन सहित अंक दिने गरेको अस्पतालका मेडिकल सुपरिवेन्डेन्ट डा दिपेन्द्र पाण्डेले बताए ।

डा . पाण्डे ले अस्पतालबाट प्रदान हुनुपर्ने न्यूनतम सेवामा पनि हाल ९६% मात्र पुरा भएको र थप सुधार गरेर अर्को वर्षसम्म १००% को लक्ष्य राखेको बताए ।बर्तमान उपलब्धि त्रिशूली अस्पतालका सबै कर्मचारी हरू ले गरेको मिहनेत को प्रतिफल रहेको डा.पाण्डेले बताए ।

वागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, स्वास्थ्य निर्देशनालय का निर्देशक महेश्वर श्रेष्ठ, निर्देशनालयकै वरिष्ठ जनप्रशासक डा नरेन्द्र झा, संघीय स्वास्थ्य तथा जनसंख्या मंत्रालयका चिकित्सक डा पवनकुमार साह, स्वास्थ्य सेवा विभाग काठमाडौंका वरिष्ठ नर्सिंग निरीक्षक बाला राई , स्वास्थ्य निर्देशनालय का फोकल पर्सन बबिता रेग्मी, जन स्वास्थ्य अधिकृत सुसील आचार्य , निक साईमन संस्थाका आईस्ता साही नेतृत्वको विज्ञ टोलीले अस्पतालको अनुगमन गरेको थियो ।

वागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का ले त्रिशुली अस्पताल ले ९६ % अंक प्राप्त गरेकोले यो बर्ष पनि मुलुक भरी मै उत्कृष्ट अस्पताल घोषणा हुने प्रवल सम्भावना रहेको बताए । यसै वर्ष बर्दिया जिल्ला अस्पताल ९५% र धादिङ अस्पताल ९३% अंक प्राप्त गरेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!