मुलुकमा पहिलो पटक ‘महिला स्वास्थ्य सम्मेलन’ हुने


काठमाडौं–नेपालमा पहिलो पटक महिला स्वास्थ्य सम्मेलन हुने भएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको नेतृत्वमा हुन लागेको ‘महिला स्वास्थ्य सम्मेलन’, आगामी फागुन महिनाको २५ र २६ गते हुने भएको हो ।

सम्मेलन आयोजक समितिको सदस्य सचिव कविता अर्यालको अनुसार सम्मेलनमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, नसर्ने रोग, वाल, किशोर किशोरी तथा ज्येष्ठ नागरिक स्वास्थ्य, पोषण र महिला स्वास्थ्य विषयक शोध पत्र र प्रस्तुति गरिने छ ।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक सुनिल राज शर्माले राजधानीमा बिहीवार महिला स्वास्थ्य सम्मेलनको औपचारिक घोषणा तथा ‘वेब साइट’ अनावरण कार्यक्रमको अध्यक्षता गरेका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!