शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हजार जनाको मृगौला प्रत्यारोपण


भक्तपुर – शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र मा बुधवार सम्म एक हजार जनाको मृर्गौला प्रत्यारोपण भएको छ । प्रत्यारोपण केन्द्र ले वुधवार जारी गरेको प्रेस विज्ञप्ती अनुसार स्थापनाको एक दशकमा डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा रहेको प्रत्यारोपण टोलिले उल्लेख्य सफलता हासील गरी बर्षेनी करीब २ सय जनाको हाराहारीमा मृर्गौला प्रत्यारोपण गदै वुधवार सम्म १ हजार जनाको सफल मृगौला प्रत्यारोपण गरेकोहो ।

डा. पुकारको नेतृत्वमा हाल सम्म शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, विर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र अन्य अस्पतालमा गरी जम्मा संख्या १ हजार ४८ जनाको प्रत्यारोपण भएको समेत केन्द्र ले उल्लेख गरेको छ ।

डा. पुकारका अनुसार भक्तपुर अस्पतालको लागि निर्माण भएको १ सय बेड भवनमा केन्द्रले प्रत्यारोपण सेवा सञ्चालन गरेको हो । स्थानको चरम अभाव भए पनि नेपालमै पहिलो कलेजो प्रत्यारोपण, एकै दिन ४ जना जिवित व्यक्तिको मृगौला प्रत्यारोपण र मस्तिष्क मृत्यू भएका व्यक्तिको अंगबाट मृर्गौला र कलेजो प्रत्यारोपण को साथै १० वर्षको अववधिमा १ हजार जनामा ९९ प्रतिशत सफलताका साथ मृगौला प्रत्यारोपण गरेको समेत उनले जनाए ।

नेपालमा बर्षेनी करीब ३ हजार जनाको मृगौला फेल हुने गरेको छ । यस्ता व्यक्ति हरु मध्ये धेरैको अंग प्रत्यारोपण नभएर अकालमा मृत्यु समेत हुने गरेको हो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!