नेपाल स्त्री क्यान्सर रोग समाजको अध्यक्षमा प्रा.डा. गेहनाथ बराल र सचिवमा प्रा.डा गणेश दंगाल निर्वाचित


काठमाडौ – नेपाल स्त्री क्यान्सर रोग समाज (गोसोन) को अध्यक्षमा प्रा.डा. गेहनाथ बराल निर्विरोध निर्वाचित भएका छन्। शनिबार भएको गोसोनको निर्वाचनबाट आगामी दुई वर्षका लागि डा.बरालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ।

निर्वाचन अधिकृत प्रा.डा. कल्पना उपाध्याय सुवेदीका अनुसार गोसोनको उपाध्यक्षमा डा जितेन्द्र परियार, सचिवमा प्रा.डा गणेश दंगाल, कोषाध्यक्षमा डा स्निग्धा राई, सह सचिवमा डा विनोद अर्याल र बैकल्पिक सचिवमा डा अनु बज्राचार्य निर्विरोध निर्वाचित भएका छन्।

कार्य समितिमा निवर्तमान अध्यक्ष डा शीला बर्मा, पदेन सदस्य, डा ऋजुता जोशी, डा कीर्तिपाल सुवेदी, डा कविन भट्टचन र डा रमेश श्रेष्ठ सदस्यमा निर्वाचित भएका हुन ।

यस्तै गोसोन को शनिबार सम्पन्न दोस्रो द्विवार्षिक बैज्ञानिक सम्मेलनमा उत्कृष्ट कार्यपत्र प्रस्तोता दुई जनालाई पुरस्कृत गरिएको थियो। त्यसै अवसरमा समाजका सल्लाहकार द्वय डा विष्णुदत्त पौडेल र प्रभुराज बैद्य, संस्थापक अध्यक्ष डा अचला बैद्य साथै नेपाल प्रसूति तथा स्त्री रोग समाज नेसोगको तर्फबाट पूर्व अध्यक्ष समेत रहेकी प्रतिनिधि सभा सदस्य डा चन्दा कार्कीलाई अभिनन्दन गरिएको थियो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!